नेपाल पत्रकार महासंघ दाङद्वारा ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण सम्पन्न ।।

दाङ, २७ असाेज ।

नेपाल पत्रकार महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रम आज २७ गते साेमबार सम्पन्न भएकाे छ ।

साे कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससँगै पत्रकारले दक्षता र जिम्मेवारी दुवै बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले भन्नुभयो, “एआईले समाचार संकलनदेखि सम्पादन र वितरणसम्मको काममा गति ल्याउँछ, तर यसको जिम्मेवार प्रयोगका लागि पत्रकार नै अग्रमोर्चामा हुनुपर्छ।”

त्यस अवसरमा महासंघका सचिव सविन प्रियासनले महासंघले देशभर एआई साक्षरता र डिजिटल दक्षता सम्बन्धी तालिम विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो। उहाँका अनुसार, प्रदेश र जिल्लास्तरमा नियमित तालिम सञ्चालन गरिने तयारी भइरहेको छ ।

प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शरद अधिकारीले एआई प्रयोगसँगै नीति तथा नियमन तत्काल निर्माण गर्नुपर्ने सुझाव दिनुभयो।

प्रशिक्षक अजय शर्माले एआईलाई पत्रकारको प्रतिस्पर्धी नभई सहयोगी उपकरणको रूपमा लिन आग्रह गर्दै, त्यसको सृजनात्मक र अनुसन्धानमुखी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता, उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्य र सहसचिव प्रकाश चौधरीको सञ्चालन रहेको थियो।

कार्यक्रममा जिल्लाभरिका पत्रकारहरू सक्रिय रूपमा सहभागी भएका थिए।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान