तुलसीपुर दाङमा जुवा खेलिरहेका ९ जना व्यक्ति रू.३४,६०५ नगद सहित पक्राउ ।

दाङ, २५ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजमा अबैध रूपमा तास (जुवा) खेलिरहेको अवस्थामा ९ जना व्यक्ति पक्राउ परेका छन् ।

आज २०८२ असोज २५ गते बेलुका करिब ६:१५ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले तुलसीपुर–९ निवासी राममाया घर्तीको घरमा छापा मारेको थियो ।

प्रहरीका अनुसार सो कोठामा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद सहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेकासँग प्रहरीले २ गड्डी तास र नगद रु ३४,६०५ (चौतीस हजार छ सय पाँच रुपैयाँ) बरामद गरेको जनाएको छ ।

नियन्त्रणमा परेकाहरुको विवरण यसप्रकार छः
१. तुलसीपुर–७ बस्ने ३६ वर्षीय प्रेम प्रकाश वली
२. तुलसीपुर–६ रजौरा बस्ने ३३ वर्षीय रमेश बस्नेत
३. तुलसीपुर–५ बसपार्क बस्ने ३७ वर्षीय गौरीलाल वली
४. तुलसीपुर–६ बरुवागाउँ बस्ने ३८ वर्षीय दिनेश बन्जरा
५. तुलसीपुर–५ नयाँबस्ती बस्ने २९ वर्षीय खुम बहादुर बिक
६. तुलसीपुर–८ दुधेना बस्ने ५५ वर्षीय धनबिर बिक
७. तुलसीपुर–५ बसपार्क बस्ने ३३ वर्षीय सन्तोष भण्डारी
८. तुलसीपुर–६ रजौरा बस्ने ३८ वर्षीय चेतलाल भण्डारी
९. तुलसीपुर–१६ लालपुर बस्ने ३४ वर्षीय तिलकराम के.सी.

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान