दाङ, २ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु निवासी जीवन डाँगीका दुई वर्षका छोरा किरण डाँगी घरको छतबाट खसि घाइते भएका छन्।
आज बिहान करिब ८:३० बजे खेलिरहेको अवस्थामा एकतले घरको छतबाट खस्दा किरणको टाउकोमा भित्री चोट लागेको थियो। उनलाई तत्कालै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको प्रहरीले जनाएको छ।
घाइते किरणको अवस्था सामान्य रहेको र उपचारमा आमा करिश्मा डाँगी संलग्न रहेको बताइएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सालिकराम भट्टराईको कमाण्डमा प्रहरी टोली खटिएको थियो।









