काठमाडौँ, १० कात्तिक ।
आज सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ३९ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको छ, जुन हिजोभन्दा २ हजार रुपैयाँले कम हो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर तोलाको २ हजार ९ सय ८० रुपैयाँ पुगेको छ। हिजो यो मूल्य ३ हजार १५ रुपैयाँ थियो।









