तुलसीपुर- १३, कार्तिक ।
दाङ तुल्सिपुर उपमहानगरपालिका–७ बेतन्ने खोलामा धार्मिक तथा समाजसेवी उपेन्द्र पौडेलले आज पनि उदाहरणीय काम गर्दै खोलाको लेउ सफा गरेका छन् । हालै बेतन्ने क्षेत्रमा बाइक र स्कुटर दुर्घटना बढेपछि उनले दुर्घटना न्यूनीकरणका लागि सरसफाइ अभियान थालेका हुन् ।
उपेन्द्र पौडेल निरन्तर समाजसेवामा समर्पित व्यक्तित्व हुन् । कहिले दान, कहिले ध्यान र कहिले सेवा–कर्ममार्फत समाजमा सकारात्मक ऊर्जा फैलाइरहेका उनी स्थानीयका लागि प्रेरणाको स्रोत बनेका छन् ।









