डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेकाे ना ८ ख ७४५५ नम्बरको यात्रुबस आज बिहान दाङकाे लमहीमा दुर्घटनामा ।

दाङ ।
डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको यात्रुबस आज बिहान दाङमा दुर्घटनामा परेको छ। लमही नगरपालिका–१, कौडियापुल नजिकै पूर्व–पश्चिम राजमार्गको पुलबाट बस खोलामा खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटना आज बिहान करिब ३ बजे भएको हो।

दुर्घटनामा २२ जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये डडेल्धुरा, बैतडी, कैलाली, प्युठान लगायतका विभिन्न स्थानका यात्रुहरू छन्। घाइतेहरूलाई लमही अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार बसको पट्टा भाँचिएपछि नियन्त्रण गुमाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनामा संलग्न बस चालक ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीको नियन्त्रणमा लिइएको छ। बसमा कुल ३८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…