घोराही, ६ पुस ।
घोराही – १६ सानीअम्बापुरस्थित राप्ती इन्जिनियरिङ कलेजमा विद्यार्थी लक्षित एक महत्त्वपूर्ण तथा समसामयिक प्यानल डिस्कसन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। राप्ती इन्जिनियरिङ कलेजको आईटी क्लबको आयोजनामा तथा राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा सूचना प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता एआईको बढ्दो प्रभाव, तथा डिजिटल प्रविधिमा विद्यार्थीहरूको निर्भरता बढिरहेको वर्तमान सन्दर्भमा आयोजना गरिएको यो कार्यक्रम विद्यार्थीहरूका लागि ज्ञानवर्धक, चेतनामूलक र मार्गदर्शक सावित भएको सहभागीहरूले बताएका छन्।

आजको डिजिटल युगमा प्रविधिले शिक्षादेखि रोजगारी, सञ्चारदेखि सुरक्षासम्म सबै क्षेत्रमा गहिरो प्रभाव पारिरहेको छ। तर प्रविधिको प्रयोगसँगै जोखिम पनि बढिरहेका छन्। साइबर अपराध, डाटा चोरी, अनलाइन ठगी, फिसिङ जस्ता समस्याले विशेषगरी विद्यार्थी वर्गलाई बढी प्रभावित बनाइरहेका छन्। अर्कोतर्फ, एआईको तीव्र विकासले आईटी क्षेत्रमा रोजगारी सिर्जना गर्ने कि घटाउने भन्ने बहस चर्किंदै गएको छ।
राप्ती इन्जिनियरिङ कलेज आईटी क्लबका सचिव एवं राष्ट्रिय आविष्कार केन्द्र, विद्यार्थी कार्यक्रम का कलेज एम्बासडर सन्देश आचार्यले संयोजन गर्नुभएको थियो ।
कार्यक्रमको मध्यस्थता रिया के।सि र अनमोल अधिकारीले गर्नुभएको थियो। साइबर सुरक्षासम्बन्धी सत्रमा समिर थापा, सुजन चौधरी, गीता के।सि र भिजन ओली प्यानलिस्टको रूपमा सहभागी हुनुहुन्थ्यो। प्यानलिस्टहरूले विद्यार्थीहरू साइबर सुरक्षाका आधारभूत जोखिम जस्तै कमजोर पासवर्ड प्रयोग, शंकास्पद लिंक खोल्ने बानी, असुरक्षित एप डाउनलोड गर्ने प्रवृत्ति प्रति अझै पर्याप्त सचेत नभएको उल्लेख गर्नुभएको थियो।

सार्वजनिक ध्ष्(ँष् प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, दुई(तह प्रमाणीकरण ९द्दँब्० को महत्व, सामाजिक सञ्जाल खाता सुरक्षित राख्ने उपाय, र व्यक्तिगत डाटाको गोपनीयता संरक्षणबारे व्यवहारिक उदाहरणसहित छलफल गरियो। प्यानलिस्टहरूले कलेजस्तरमै साइबर सुरक्षा सम्बन्धी कार्यशाला, सेमिनार र व्यवहारिक तालिम आवश्यक रहेको धारणा राख्दै, “साइबर सुरक्षा केवल आईटी विद्यार्थीका लागि मात्र होइन, सबै विद्यार्थीका लागि आधारभूत आवश्यकता हो” भन्ने निष्कर्ष निकाले।
दोस्रो सत्रमा एआईले रोजगारीमा पार्ने प्रभाव र आईटी विद्यार्थीका अवसरहरूबारे विस्तृत छलफल भयो। यस सत्रका प्यानलिस्टहरू बिमला ओली, अन्जित चौधरी र एन्जीलिना डाँगी हुनुहुन्थ्यो। छलफलका क्रममा एआईले केही परम्परागत कामहरू स्वचालित गरे पनि नयाँ अवसर, नयाँ भूमिका र नयाँ सीपको माग सिर्जना गरिरहेको बताइयो। प्रवेश(स्तरका रोजगारीहरू प्रतिस्पर्धात्मक बन्दै गएको भए पनि, एआईसँग सहकार्य गर्न सक्ने दक्ष जनशक्तिको माग बढ्दै गएको प्यानलिस्टहरूको भनाइ थियो।
एआईले अध्ययन, प्रोजेक्ट र कोडिङ अभ्यासमा कसरी सहयोग पुर्याइरहेको छ भन्नेबारे प्यानलिस्टहरूले आफ्ना व्यक्तिगत अनुभव साझा गरे। साथै, स्नातक स्तरका विद्यार्थीहरूले अहिले नै सिक्नुपर्ने एआई स्किल्स, जस्तै डाटा एनालिसिस, मेशिन लर्निङको आधार, प्रॉम्प्ट इन्जिनियरिङ, र एआई(आधारित प्रोजेक्ट विकास, माथि जोड दिइयो।
तेस्रो सत्रमा प्रविधिले विद्यार्थीलाई स्मार्ट बनाइरहेको छ कि निर्भर बनाइरहेको छ भन्ने विषयमा रोचक बहस भयो। यस सत्रका प्यानलिस्टहरू विवेक चलाउने, सिर्जना सुबेदी, पुजा रोका र निरु चौधरी हुनुहुन्थ्यो। प्यानलिस्टहरूले प्रविधिले सिकाइलाई सजिलो र पहुँचयोग्य बनाएको भए पनि अत्यधिक निर्भरता समस्या बन्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा विविए, विई कम्प्युटर, विसिए तथा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिंग का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कलेजका प्रमुख शैक्षिक व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमा प्रदान गरेको थियो। कार्यक्रममा कलेज प्रशासन तथा शैक्षिक नेतृत्वको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा रेशम गिरी, राप्ती इन्जिनियरिङ कलेजका प्रधानाध्यापक, ई.सिर्जना चौधरी, बीई कम्प्युटर संकाय प्रमुख, नविन घिमिरे, बीसीए कार्यक्रम प्रमुख तथा सिर्जना देवकोटा, बीबीए कार्यक्रम प्रमुखको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूको उपस्थितिले कार्यक्रमको शैक्षिक महत्वलाई थप बलियो बनाएको थियो भने विद्यार्थीहरूलाई प्रविधि, नवप्रवर्तन र व्यावसायिक भविष्यप्रति सकारात्मक दृष्टिकोण विकास गर्न प्रेरणा प्रदान गरेको आयोजक पक्षले जनाएको छ।
कार्यक्रम सफल बनाउन आईटी क्लबको आयोजक टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। टिममा उपाध्यक्ष प्रसान्त गौतम, बिई कम्प्युटर इन्चार्ज सवित चौधरी , एलिजा थापा र ज्योति शर्मा लगायतका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।







