जनसेवा बचत तथा ऋण सहकारीकाे तीज मिलन कार्यक्रम

जनसेवा बचत तथा ऋण सहकारीको तीज मिलन कार्यक्रम
भाद्र १६
जनसेवा बचत तथा ऋण सहकारी संस्थाले तुलसीपुर ७ गणेशपुर पार्कमा तीजको अवसर पारेर शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका ७ का अध्यक्ष राम बहादुर जिसि को आथित्यतामा कार्यक्रम भयको हो । प्रमुख अथिति जिसीले नेपाली चेलीहरुको महान पर्व तीजलाई तडकभडक भन्दा पनि मेलमिलाप र संस्कृति संरक्षणको रूपमा लिनु पर्ने बताउनु भयो । संस्कृतिको नाममा विकृति भित्र्याउन हुँदैन। यसले समाजलाई समेत हानि गर्छ जिसीले भन्नु भयो । नेपाली समाजमा तीजको महत्व पृथक छ। यसलाई संरक्षण गरेर अगाडि बढ्नु पर्छ । सहकारीको माध्यमबाट धेरै महिला दिदी बहिनी हरु आत्मनिर्भर भयको खुसियालीमा भेटघाट कार्यक्रम ले थप उर्जा थपेको प्रमुख अथिति जिसीले बताउनु भयो ।
संस्थामा बचत गर्ने पुरुष को संख्या भन्दा महिलाको संख्या बढी रहेको छ । २०५६ सालमा स्थापना भएको सहकारीले धेरै धेरै मानिसको आर्थिक अवस्था बलियो बनाउँदै लगेको छ ।कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङका सभापति कोमल डिसी,जनसेवा बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष दुर्गा प्रसाद भण्डारी, लेखा समिति संयोजक सुनिल खनाल लगायतकाले शुभकामना व्यक्त गर्नु भयो। संस्थाका सहसचिव तथा कार्यक्रम संयोजक विमला शर्मा को स्वागत मन्तव्य बट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक केसीले गर्नु भयको थियो ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत