गुरु जजुरमा बाल दिवसकाे अवसरमा जनचेतनामुलक कार्यक्रम सम्पन्न

तुलसीपुर २८ भदौ ।
 ६०औं बाल दिवसको अवसरमा तुलसीपुरकाे गुरु जजुर माविमा जनचेतना मुलक कार्यक्रम सम्पन्न सम्पन्न भएकाे छ । तुलसीपुर उपमहानगरपालिकाको महिला बालबालिका तथा समाजिक विकास शाखा र नगरस्तरिय बालसञ्जालको आयोजना गुरुजजुर माध्यामिक विद्यालय रक्षाचौरमा जनचेतनामूलक कार्यक्रम भएको हो
कार्यक्रममा नगर बाल सञ्जालकी उपाध्यक्ष प्रशंसा केसीको अध्यक्षमा तथा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिकि सदस्य लालमति भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी, भन्ने मुल्य नाराका साथ भएको कार्यक्रममा तुलसीराम उपमहानगरपालिकाको महिला बालबालिका तथा समाजिक बिकास शाखा प्रमुख माया श्रेष्ठले बालबालिकालाई  बालबिबाह, लागू औषध, साईबर अपराध, घरेलु हिंसा  जस्ता अपराधहरुको बारेमा सचेत गराउने उदेश्यले जनचेतना मूलक कार्यक्रम गरेको गरेको बताउनुभयो ।

कार्यक्रममा कालाखोला माध्यमिक बिद्यालयका प्रशिक्षक शोभाराम ढकालले बाल अधिकार सम्बन्धि जनचेतना फैलाउनकालागि यस्ता खालका कार्यक्रम गर्नु पर्ने बताउनुभयो । नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिका मौलिक हक सम्बन्धि व्यवस्था गरिएको बताउदै बालबालिकालाई घरेलु हिसां नगर्न  पनि उहाँले आग्रह गर्नुभएको थियो । ईलाक प्रहरी कार्यालयका असई कृष्ण भण्डारीले बालबालिकाको सुन्दर भविष्यका लागि प्रहरीहरु दिन रात नभनी खटिएर काम गरेको बताउनुभयो ।  बालबालिकालाई लागू औषध, साईबर अपराध, घरेलु हिसां जस्ता समस्याहरुमा नपरुन भन्ने हाम्रो ईछ्या हो उहाँले भन्नुभयो ।

कार्यक्रममा बालबालिकाहरुले सचेततामुलक नाटक प्रस्तुत गरेका थिए । नाटकमा सानै उमेरमै बिहे गर्दा झेल्नुपरेको समस्यालाई प्रस्तुत गरिएको थियो । त्यसैगरी कबिता , गित तथा  चेतनामूलक  लोकनृत्य पनि नगर बाल सञ्जालका बिद्यार्थीहरुले प्रस्तुत गरेको थिए । कायृक्रममा नाटक, गित, कविता प्रस्तुत गरेका थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान