हिजाेदेखि दशैका लागि सुकिला नाेट साट्न सकिने भएकाे छ । नेपाल राष्ट बैङकले हिजाेदेखि असाेज २२ गते सम्म सुकिला नाेटकाे सटहि व्यवस्था मिलाएकाे हाे ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ । सरकारले यसअघि दशैंका लागि नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपाली नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ ।







