तुलसीपसरमा यात्रुवाहक बस घरमा पस्याे

तुलसीपुर, २० असोज । दाङको तुलसीपुरमा

यात्रुबहाक हाइस दुर्घटना हुँदा ६ जना घाइते भएका

छन् । घाइते हुनेमा हाइस चालक रुकुम पश्चिमको

मुसिकोट नगरपालिका-४ का २५ वर्षीय कुमार

सन्यासी, हाइसमा सवार सल्यानको सारदा

नगरपालिका-७ बस्ने २४ वर्षीया कल्पना चलाउने,

उहाँकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर

नगरपालिका-की २७ वर्षीया सपना चलाउने, सोही

घरमा भाडामा बस्ने १२ वर्षीय रणविर नेपाली र

जाजरकोटको भेरी नगरपालिका-४ घरभई जिल्ला

प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ

हवल्दार ३९ वर्षीय दुर्गा बहादुर बिक रहेको इलाका

प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा

प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट रुकुम पश्चिमतर्फ जादै

गरेको बा.प्र. ०३-००१ ज ७७२ नम्बरको

चालकसहित ९ जना चढेको हाइस आज बिहान ७

बजेको समयमा तुलसीपुर-७ डाँडापातुमा

अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किदा

दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते

भएकाहरुको अहिले राप्ती प्रादेशिक अस्पताल

तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान