
तुलसीपुर, २० असोज । दाङको तुलसीपुरमा
यात्रुबहाक हाइस दुर्घटना हुँदा ६ जना घाइते भएका
छन् । घाइते हुनेमा हाइस चालक रुकुम पश्चिमको
मुसिकोट नगरपालिका-४ का २५ वर्षीय कुमार
सन्यासी, हाइसमा सवार सल्यानको सारदा
नगरपालिका-७ बस्ने २४ वर्षीया कल्पना चलाउने,
उहाँकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर
नगरपालिका-की २७ वर्षीया सपना चलाउने, सोही
घरमा भाडामा बस्ने १२ वर्षीय रणविर नेपाली र
जाजरकोटको भेरी नगरपालिका-४ घरभई जिल्ला
प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ
हवल्दार ३९ वर्षीय दुर्गा बहादुर बिक रहेको इलाका
प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा
प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुरबाट रुकुम पश्चिमतर्फ जादै
गरेको बा.प्र. ०३-००१ ज ७७२ नम्बरको
चालकसहित ९ जना चढेको हाइस आज बिहान ७
बजेको समयमा तुलसीपुर-७ डाँडापातुमा
अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किदा
दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते
भएकाहरुको अहिले राप्ती प्रादेशिक अस्पताल
तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ

