स्थानिय तहकाे नीति कार्यक्रममा संचार क्षेत्रमा कार्यरत महिलाका मुद्वाहरूलाइ समेट्न अाग्रह

तुलसीपुर,२१ असोज । सञ्चारिका समूह लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकालाई आफ्ना नीति कार्यक्रममा संचार क्षेत्रमा कार्यरत महिलाहरुको मुद्धालाई समेट्न आग्रह गरेको छ । महिलाले सञ्चालन गरेका संचार माध्यमलाई पहिलो प्राथमिकतामा राख्न, सम्मान र पुरस्कृत गर्दा महिलालाई नछुटाउन, पालिकाबाट अनुदान लिने रेडियामा महिला कर्मचारी अनिवार्य हुनु पर्ने, सञ्चार माध्यममा काम गर्ने महिलालाई सुत्केरी बिदा दिनु पर्ने लगायतका कुराहरु समावेश गरेर निति नियम बनाउन आग्रह गरेको हो । आज तुलसीपुरमा स्थानिय तहमा संचार नितिको आवश्यकता र लैंगिक एवम् सामाजिक समावेशीकरणमैत्री संचार माध्यम निर्माणमा स्थानिय तहको भूमिका बिषयक छलफल कार्यक्रम गरी संचारिका समुहले यस्तो आग्रह गरेको छ । यस्तै स्थानिय तहले अनुदान दिएका संचार माध्यममा कार्यरत कर्मचारीहरुले समयमा तलब पाएका छन् कि छैनन् भन्ने कुराको समेत अनुगमन गर्न प्रदेश अध्यक्ष अमृता अनमोलले आग्रह गर्नु भयो ।
सो अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जुनसुकै क्षेत्रमा पनि महिलालाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले इथानिय पत्रकारहरुलाई प्रोत्साहन गर्न नितिगत रुपमा अघि बढेको पनि बताउनु भयो । तुलसीपुरमा रहेका सञ्चार माध्यमलाई (क), (ख) र (ग) वर्गमा विभाजन गर्ने तयारी रहेको छ । यस्तै सूचीकृत गर्नका लागि आह्वान गर्दा पनि कुनै मीडिया नआउने गरेको गुनासो गर्नु भयो । पत्रकार सुशील बस्नेतले विचार भन्दा पत्रकारिता को मिसनमा लाग्नुपर्ने बताउनु भयो। तुलसीपुर उपमहामनगरपालिकाले ल्याउन लागेको सञ्चार माध्यमको वर्गीकरण नीति देशभर मै नमुनाको रुपमा हुने विश्वास व्यक्त गर्नुभयो । पछाडि परेका समुदायलाई कसरी मूल प्रबहिकर्णमा कसरी राख्ने भन्ने कुरालाई प्राथमितामा राख्नु पर्ने उहाँको भनाइ थियो ।।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…