तुलसीपुरको व्यस्त बजारमा युवक माथि खुकुरी प्रहार

दाङ, १५ कात्तिक । दाङको तुलसीपुर स्थित

सल्यान रोडमा एक युवक माथि खुकुरी प्रहार

भएको छ । खुकुरी प्रहारबाट रुकुम पश्चिम

चौरजहारी नगरपालिका– ११ घर भै हाल

तुलसीपुर बस्दै आउनु भएका ३३ वर्षका वीर

बहादुर वली घाइते भएको प्रहरीले जनाएको छ ।

रेडियो प्रकृति एफएम नजिकै रहेको सल्यानी

होटलमा चिया खाँदै गरेका वलीलाई

मोटरसाइकलमा आएका ५/६ जनाको समूहले

४:४० बजे खुकुरी प्रहार गरेको इलाका प्रहरी

कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज

खत्रीले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट वलीको टाउको, बायाँ हात र खुट्टामा गहिरो चोट लागेको छ । वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

घटनामा संलग्न रहेको आरोपमा तुलसिपुर -४ रक्षाचौर निवासी ३३ वर्षका गोविन्द हमाल, ३२ वर्षका बसन्त खड्का, २६ वर्षका सुदन मगर लगायत व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

बाइकमा केटाहरू माथिबाट सर्र आए फनक्क बाइक घुमाए सरासर होटेलमा गए । काउन्टरमा बसेको केटालाई घचाघच फिल्मी स्टाइलमा खुकुरीले हाने । भुँइमा ढल्यो त्यसपछि पनि हाने । मान्छेहरू होहल्ला गर्न थालेपछी बाइक चढेर भागे । प्रहरि १० /१५ मिनेट पछि आएर मुचुल्का बनाएर गयो। प्रत्यक्ष दर्शी एक युवकले भने ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान