
तनहुँ, २३ कात्तिक ।
श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएके छ । तनहुँको भानु नगरपालिका-८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले प्रहर गरेको बन्चरोले उनको श्रीमतीको मृत्यु भएको हो । श्रेष्ठले हिजो ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
हत्यामा संलग्न अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।।

