लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २२ कात्तिक ।

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट आठ जना पक्राउ गरेको छ । देवदह नगरपालिका-९ घोडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र नगद २६ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय लाल बहादुर पुन, २७ वर्षीय आशिष परियार र तिलोत्तमा नगरपालिका-२ बस्ने २८ वर्षीय आदित्य शाह रहेका छन् । यस्तै, सुनसरी, इटहरी उपमहानगरपालिका-२ हवाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र गाँजा ५ ग्राम सहित २ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय आशिष नेपाल र २५ वर्षीय लाल बहादुर रहेका छन् । सामुदायिक प्रहरी बिट हवाईचौकबाट
रहेका छन् । सामुदायिक प्रहरी बिट हवाईचौकबाट

खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध

सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल

गाउँपालिका-८ जुम्लिटोल बस्ने २९ वर्षीय किशोर

कुमार विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित आज

बिहान प्रहरीले पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-७ जोकरताल बस्ने २५ वर्षीय शिव नारायण रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडव अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ११ मिलिग्राम सहित भदपर नगरपालिका-९ बस्ने २८ वर्षीय एसिया लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेची प्रहरी बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९२६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक लिम्बुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 87 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित