
तुलसीपुरमा लक्ष्मी होम डेकोरको बम्पर अफर वितरण कार्यक्रम सम्पन्न भएकाेछ । विजया दशमी शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरी ग्राहकहरूलाई थप हौसला प्रदान गर्नका लागि बम्पर अफर कार्यक्रम गरिएको हो। लक्ष्मी होम डेकोरका सञ्चालक हरि प्रसाद ओलीको अध्यक्षतामा तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीको प्रमुख अाथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले व्यवसाय प्रवर्धनमा ग्राहकको महत्त्वपूर्ण भूमिका हुने र सबै ग्राहकहरू लकी ड्र विजेता हुन नसक्ने र विजेता हुन नसकेकाले हिन्नता बोध नगर्न बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष हरि प्रसाद ओलीले आगामी दिनमा पनि ग्राहकहरूका लागि यस्तै उपहारको व्यवस्था गर्ने र ग्राहकहरूको साथ सपोर्टकाे अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण लाइभ प्रदेश अनलाइनका पत्रकार रिता के.सीले गर्नुभएको थियो।