प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु

काठमाडौं । सरकार सञ्चालनको चार महिना पुगे पनि भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार बेइजिङतर्फ लागेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् ।
पोखरेल नेतृत्वको टोली नानजिङ्गमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिंक ट्यांक फोरम’मा सहभागी हुनेछ । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् 1 जासु, उहान, बेइजिङलगायतका स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर आगामी ६ मंसिरमा टोली स्वदेश फर्किने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक

निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी १७ मंसिर (२

डिसेम्बर) मा चीनको राजधानी बेइजिङ जाँदै छन् ।

१७ देखि २१ मंसिरसम्म प्रधानमन्त्री ओलीको चीन

भ्रमण तय भएको छ । पछिल्लोपटक संयुक्त

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको

न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ

विदेशमन्त्री वाङ यीबीच भेट भएको थियो ।

सोहीबेला चिनियाँ विदेशमन्त्री यीले डिसेम्बर पहिलो

साता चीन भ्रमण हुने भएकाले सो समयमा अन्य

कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए ।

नेपाल फर्किएपछि प्रधानमन्त्री ओलीले पार्टीका उच्च

अधिकारीहरूसँग आफ्नो चीन भ्रमणका ‘दयगतमा

अनौपचारिक छलफल गरेका थिए । एमालेका शीर्ष

नेताहरूले चीन भ्रमण गर्न प्रधानमन्त्री ओलीलाई

सुझाएका थिए ।
चिनियाँ विदेशमन्त्री यी राष्ट्रसंघको महासभाबाट बेइजिङ फर्किएपछि राष्ट्रपति सीसँग ओलीको भ्रमण’दयगत छलफल गरेका थिए । त्यसलगत्तै बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई प्रधानमन्त्री ओलीको भ्रमण’दयगत औपचारिक पत्र पठाएको थियो । दसैंअगावै नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री ओलीलाई चीन भ्रमण’ दयगत राष्ट्रपति सीले पठाएको निमन्त्रणा पत्र दिएको उच्च स्रोतको दाबी छ ।
एमालेका नेताहरूले नेपालका प्रधानमन्त्रीले छिमेकी देशहरूको भ्रमणमा जाने तयारी गर्नुलाई सामान्य ढंगले लिनुपर्ने भन्दै यसलाई नेपाल र भारतबीचको सम्बन्धको प्रकृतिसँग जोड्न आवश्यक नरहेको टिप्पणी गरेका छन् । तर, नेपाली कांग्रेससहितका दलहरूका नेताले दिल्लीले हालसम्म नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिनुले भारतसँगको ‘विगतमा देखिएको तिक्तता समाधान नभएको’ छनक मिलेको टिप्पणी गरेका छन् ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।