
नया हास्य गज्जब छ बा सिरियल रिलिज गत १५ गते देखि रिलिज भएकाे छ । समाजमा सकारात्मक सन्देश प्रबाह गर्न सत्य घटनामा अाधारित गज्जव छ बा तयार गरियकाे निर्माता लेखान्त भुषालले बताउनुभयाे ।
उहाले गत शनिवार अाैपचारिक रूपमा पहिलाे एपिसाेड अपलाेड गर्दै निर्माण टिमले अब प्रत्यक सनिबार साझ ७:१५ मा लेखान्त अफिसियल युट्युव च्यानल मार्फत प्रसारन गरिएकाे जानकारि गराउनुभयाे ।
पहिलाे एपिसाेडमै दर्शकहरूले अत्यधिक रूचायकाे प्रथम चरणमै २ लाख भ्युज क्रस भएकाे छ ।
सिरिजमा रामचन्द्र अधिकारी, सबिता गुरुङ, मुकुन्द मैनाली, धर्मराज भट्टराई, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, बिनम कंडेल लगायतको अभिनय रहेको छ । शिब बिकेको छायांकन रहेको सिरिज सन्दिप चौधरीले सम्पादन गरेका हुन् । सह निर्देशन भने किशोर बाबु बस्नेतले गरेका छन् ।