
दाङ जिल्लाअन्तर्गत नेपाल विद्यालय खेलकुद संघको कार्यसमिति बेल्झुण्डी रंगशालामा एक कार्यक्रमका बीच गठन भएको छ । उक्त समितिमा यादव गिरी अध्यक्ष, निशान्त आचार्य उपाध्याक्ष, मानश्री घर्ती उपाध्याक्ष, विष्णु योगी सचिव र चित्र घर्ति कोषाध्यक्ष चयन हुनुभएको छ भने उक्त समितिको सदस्य पदमा मनोज हमाल, निर्मल कुमार रोका, किसा न्यौपाने, सुमन केसी, विष्णु हमाल, नारायण भुषाल, शोभाकर भुषाल र मिनेश श्रेष्ठ चयन हुनुभएको छ ।
उक्त कार्यक्रममा बेल्झुण्डी रंगशालाका कार्यालय प्रमुख केशव प्रसाद श्रेष्ठले प्रमुख अतिथिको भूमिका निभाउनु भएको थियो भने तेकवान्दो प्रशिक्षक राकेश परियार, फुटबल प्रशिक्षक रुपलाल श्रेष्ठ र तेकवान्दो प्रशिक्षक तेज बहादुर बिकले अतिथिका भूमिका निभाउनु भएको थियो ।