तुलसीपुर महोत्सवमा आज थामिनस्कनु भिड : ज्योति र टंकको प्रस्तुतिमा झुमे दर्शक

तुलसीपुर, १४ फागुन ।
तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको १४ औं दिन आज बुधबार दर्शकहरूको अभूतपूर्व भीड देखिएको छ । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक टंक तिमिल्सिनाको दमदार प्रस्तुतीले माहोल झन् उत्साहपूर्ण बनायो ।

महोत्सव मूल आयोजक समितिका अनुसार बुधबार करिब ३५ हजार दर्शक सहभागी भएका थिए । महोत्सवमा आज हालसम्मकै सबैभन्दा ठूलो उपस्थिति रहेको सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।

दर्शकहरूको अत्यधिक चापका कारण महोत्सव स्थलमा टेक्ने ठाउँसमेत बाँकी थिएन । ज्योति मगरले ‘उहि मुलाको सिन्की’ ‘मादलु घुम्न’ जस्ता लोकप्रिय गीत प्रस्तुत गर्दै माहोल तताउनुभयो भने टंक तिमिल्सिनाले ‘मन माया’लगायतका गीत गाएर दर्शकलाई झुमाउनुभयो ।

कलाकारको प्रस्तुति अवलोकन गर्न हजारौं दर्शक उत्साहित देखिए । अत्यधिक भीडका कारण कतिपयलाई सुरक्षित स्थान खोज्न हम्मेहम्मे पर्‍यो, जसलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई निकै मेहनत गर्नुपर्यो ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा सञ्चालन भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम लगायत विविध आकर्षण समेटिएका छन् ।

आयोजकका अनुसार, भोलि पनि चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । भोलि चर्चित गायिका अनु चौधरी, गायक गोपाल नेपाल जि.एम., गायिका सुनिता परियारको प्रस्तुति रहने छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत