डिभाइन टेम्पल एकेडेमीका कक्षा १२ का विद्यार्थीहरुकाे विदाई कार्यक्रम सम्पन्न ।।

तुलसीपुर २९, दाङ ।

तुलसीपुर ६ गाेलौरा दाङमा अवस्थित डिभाइन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित डिभाइन टेम्पल एजुकेसनको आज १२ कक्षाको विदाई कार्यक्रम तुलसीपुरको मटका रेस्टो एन्ड पार्टी प्यालेसमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा डिभाइन एजुकेसन फाउन्डेसनका सीइओ भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालको बिमल रिजालकाे प्रमुख आतिथ्यतामा र नेसनल प्याप्सनका केन्द्रीय सदस्य बिमल गौतमको विशिष्ट अतिथितामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

त्यस्तै प्रमुख अतिथि रिजालले डिवाइन टेम्पल एकेडेमीले गुणस्तरयुक्त शिक्षा प्रदानसहित संस्कारमा समेत जोड दिँदै आएकोमा गर्वित मान्दै उहाँले समाजमा सहयोग त नगर्ने तर मरिमेटी असहयोग गर्ने समाजको प्रविधिलाई हटाउनुपर्छ भन्ने कुरामा जोड दिनुभयो भने त्यस्तै फाउन्डेसनका सीइओ तथा डिभाईन टेम्पल एकेडेमीका प्रिन्सिपल न्यौपानेले विद्यार्थीहरूका लागि गरिएको यस कार्यक्रमा विदाई भएर गए तापनि अघि पछि आउने कठिनाइसँग लड्नका लागि डिवाइन टेम्लप एकेडेमी प्रतिबद्ध रहेको कुराहरु बताउनुभयो ।

त्यसै गरी कार्यक्रमका विशिस्ट अतिथि गौतमले डिभाइन टेम्पल एकेडेमीले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउँदै गुणस्तरीय शिक्षाद्वारा विद्यार्थीहरूलाई ज्ञान, अनुशासन र सीपमा सक्षम बनाउने यस संस्थाको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले विविध सांस्कृतिक, सांगितिक तथा नृत्य प्रस्तुतिहरू राखेका थिए । त्यस्तै गायक प्रकाश शर्मा र नृत्याङ्गना शर्मिला केसीले आकर्षक प्रस्तुति दिँदै कार्यक्रमलाई गुन्जायमान बनाउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन कक्षा ११ का विद्यार्थीहरूको संयोजनमा भएको थियो भने बिदाई कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै विभिन्न उपहार तथा सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान