दाङ भ्याली मा विकाे कक्षा- १२ का विद्यार्थीहरुकाे विदाई कार्यक्रम सम्पन्न ।।

प्रकाश के. सी ।

तुलसीपुर ३०, दाङ ।

तुलसीपुर ५ दाङमा रहेकाे दाङ भ्याली माध्यमिक विद्यालयकाे आज १२ कक्षाको विदाई कार्यक्रम तुलसीपुरको ड्रिम्स ब्याङ्केटमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ११ कक्षामा अध्यनरत दिपेश ओलीकाे अध्यक्षता तथा विद्यालय सन्चालक समितिका अध्यक्ष तिलक शाहूकाे प्रमुख आतिथ्यतामा र अमर मा वि.का सहायक प्र. अ यज्ञ अधिकारीकाे विशिष्ट अतिथितामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

त्यस्तै अध्यक्ष ओलीले जीवनमा सधैँ अघि बढ्नका लागि प्रोत्साहन गर्दै आउँदै गरेको १२ को परीक्षा सोचे जस्तै होस् भन्ने शुभकामना व्यक्त गर्नुभएकाे हाे। भने प्रमुख अतिथि शाहुले जीवनमा आउने कठिनाइसँग निडर भई संघर्षसहित अघि बढ्न प्रेरणा दिनुभयो ।
त्यस्तै कक्षा १२ का विज्ञान समूहकी छात्र छात्राहरु लगाएतले शुभकामना मन्तब्य राख्नुभएकाे हाे ।

त्यसै गरी कार्यक्रमका विशिस्ट अतिथि यज्ञ अधिकारीले विदाई एवं नव वर्षको शुभकामना आदानप्रदान तथा शिक्षा- संस्कार र शिपमा जोड दिई स्वावलम्बी नागरिक बन्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले विविध मनमाेहक सांस्कृतिक, सांगितिक तथा नृत्य प्रस्तुतिहरू राखेका थिए ।

मोनिका ओलिकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमको सहजिकरण कक्षा ११ का समरपन बिष्टले गर्नु भएको थियो भने बिदाई कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै विभिन्न सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत