किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम ।।

दाङ, चैत ३० ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १ का ४२ जना किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १ को आर्थिक सहयोग एवं तुलसी सामाजिक विकास संस्थाको आयोजनामा ४२ जना किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन सम्बन्धि तालिम दिइएको हो ।

चैत २८ गते देखि सुरु भएको ३ दिने तालिमको चैत ३० गते एक औपचारिक कार्यक्रमका बिच सहभागी किसानहरुलाई तालिममा सहभागीताको प्रमाणपत्र वितरण सहित समापन गरिएको थियो । समापन कार्यक्रममा बौल्दै प्रमुख अतिथि समेत रहनुभएका तुलसीपुर उपमहानगरपालिका वडा नं १ का वडाअध्यक्ष हुमकान्त सापकोटाले रासायनिक मल प्रयोग गरिएको बिषादी युक्त खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष रुपमा नकारात्मक असर गर्ने भन्दै किसानहरुलाई प्राङ्गारिक मल उत्पादनमा जोड दिन प्रेरित गर्ने उद्देश्यले वडा कार्यालयले बजेट विनियोजन गरि यो कार्यक्रम गरिएको बताउनुभयो ।

गड्यौला मल उत्पादन गर्दा आफ्नो घरबाट निस्कने फोहोर पनि व्यवस्थापन हुने र प्राङ्गारिक मल प्रयोग गरिएको खानाले स्वास्थ्यमा पनि फाईदाजनक हुने भन्दै किसानहरुलाई रासायनिक मलको साटो आफैले प्राङ्गारिक मल उत्पादन गरि प्रयोग गर्न समेत आग्रह गर्नुभएको हो ।


तालिममा सहभागी किसानहरुलाई पानी चार्नको लागी हजारी उपलब्ध गराईएको थियो । तुलसी सामाजिक विकास संस्थाका अध्यक्ष ओद बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सहभागीहरुले आफुहरुले यो तालीम लिए पश्चात घरमा निस्कने फोेहोर व्यवस्थापन गर्दै आफ्नो करेसाबारीको लागी चाहिने प्राङ्गारिक मल आफुहरुले उत्पादन गर्ने बताएका छन ।

सहभागी किसानहरुले स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता दिन्छ भने हामी व्यवसायिक रुपमा मल उत्पादन गरी बिक्रि वितरण गरि आर्थिक पाटोमा पनि जोडिन तयार रहेको बताएका छन ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।