किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम ।।

दाङ, चैत ३० ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १ का ४२ जना किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १ को आर्थिक सहयोग एवं तुलसी सामाजिक विकास संस्थाको आयोजनामा ४२ जना किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन सम्बन्धि तालिम दिइएको हो ।

चैत २८ गते देखि सुरु भएको ३ दिने तालिमको चैत ३० गते एक औपचारिक कार्यक्रमका बिच सहभागी किसानहरुलाई तालिममा सहभागीताको प्रमाणपत्र वितरण सहित समापन गरिएको थियो । समापन कार्यक्रममा बौल्दै प्रमुख अतिथि समेत रहनुभएका तुलसीपुर उपमहानगरपालिका वडा नं १ का वडाअध्यक्ष हुमकान्त सापकोटाले रासायनिक मल प्रयोग गरिएको बिषादी युक्त खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष रुपमा नकारात्मक असर गर्ने भन्दै किसानहरुलाई प्राङ्गारिक मल उत्पादनमा जोड दिन प्रेरित गर्ने उद्देश्यले वडा कार्यालयले बजेट विनियोजन गरि यो कार्यक्रम गरिएको बताउनुभयो ।

गड्यौला मल उत्पादन गर्दा आफ्नो घरबाट निस्कने फोहोर पनि व्यवस्थापन हुने र प्राङ्गारिक मल प्रयोग गरिएको खानाले स्वास्थ्यमा पनि फाईदाजनक हुने भन्दै किसानहरुलाई रासायनिक मलको साटो आफैले प्राङ्गारिक मल उत्पादन गरि प्रयोग गर्न समेत आग्रह गर्नुभएको हो ।

तालिममा सहभागी किसानहरुलाई पानी चार्नको लागी हजारी उपलब्ध गराईएको थियो । तुलसी सामाजिक विकास संस्थाका अध्यक्ष ओद बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सहभागीहरुले आफुहरुले यो तालीम लिए पश्चात घरमा निस्कने फोेहोर व्यवस्थापन गर्दै आफ्नो करेसाबारीको लागी चाहिने प्राङ्गारिक मल आफुहरुले उत्पादन गर्ने बताएका छन ।

सहभागी किसानहरुले स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता दिन्छ भने हामी व्यवसायिक रुपमा मल उत्पादन गरी बिक्रि वितरण गरि आर्थिक पाटोमा पनि जोडिन तयार रहेको बताएका छन ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत