दाङको देउखुरीमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १५ जना घाइते ।।

दाङ ६ बैशाख ।

दाङको देउखुरीमा हिजाे साँझ एक यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। कृष्णनगरबाट तुलसीपुरतर्फ गइरहेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती गाउँपालिका–५ लठह्वामा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादवको घटनास्थलमै मृत्यु भएको हो। अर्की मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ झिङनी निवासी करिब ३०/३५ वर्षकी पुष्पा नेपाली रहेकी छिन्। उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई सिसहनियाँ र लमहीका अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा लमही नगरपालिका–५ की २५ वर्षीया संगिता जिसी, घोराही उपमहानगरपालिका–५ की ५० वर्षीया चोपिकला खत्री र बलबहादुर खत्री, प्यूठान नगरपालिका–६ की २७ वर्षीया अनिशा गुरुङ, सुमित्रा गुरुङ र भावना गुरुङ, लमही नगरपालिका–४ की २४ वर्षीया रासु थापा, घोराही उपमहानगरपालिका–१० का ४२ वर्षीय ललित वली, कपिलवस्तु शिवराज नगरपालिका–२ की २८ वर्षीया सरस्वती घर्तीमगर र उनकी ४ महिनाकी छोरी रिया, शिवराजकै ४१ वर्षीया मनकुमारी घर्ती, प्यूठान नगरपालिका–३ का शिव बहादुर गुरुङका ५ वर्षीय छोरा प्रभास गुरुङ, लमही नगरपालिका–५ का २५ वर्षीय सहिद हुसेन र कपिलवस्तु नगरपालिका–४ की २३ वर्षीया शवनम नाउ रहेका छन्।

प्रत्यक्षदर्शीका अनुसार बस तीव्र गतिमा रहेको र अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान