भोलि हुने भकभकेपनसम्बन्धी परामर्श कार्यक्रमको तयारी अन्तिम चरणमा ।।

तुलसीपुर, चैत्र १४ ।
भोलि हुने भकभकेपनसम्बन्धी परामर्श कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकाे छ । भकभके बोली भएका व्यक्तिहरूको लागि विभेद रहित सम्मानित र उत्पादनशील जीवनको सुनिश्चितता गराउँदै समग्र अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार र संरक्षण सम्बर्धनका लागि नेपाल भकभके संघकाे आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको समन्वयमा र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा दुई दिने विशेष कार्यक्रम सुरु गरिएको छ।
नेपाल भकभके सङ्घका अध्यक्ष रविनकुमार मैनालीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष माधव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रमको पहिलो दिन आज सरोकारवाला निकायहरूसँग अन्तरक्रिया सत्र सम्पन्न भयकाे हाे । भोलि भने दाङ जिल्लाभित्र रहेका भकभके बोली भएका व्यक्तिहरूलाई स्वर सुधार र आत्मबल अभिवृद्धिसम्बन्धी परामर्श दिइनेछ, साथै उनीहरूलाई संगठित गरी नेपाल भकभके संघ दाङ शाखाको कार्यसमिति गठन गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि ओलीले शारीरिक रूपमा अपाङ्ग भएका व्यक्तिहरू अपाङ्ग हुनुभन्दा पनि आफूलाई सपाङ्ग सोच्ने व्यक्तिहरू आफ्नो दृष्टिकोणका कारण स्वयम् अपाङ्ग भएको उहाँले बताउनुभयो।उहाँले अपाङ्गता भएका व्यक्तिहरूमा पनि प्रचुर मात्रामा क्षमता र प्रतिभा भएकाले उनीहरूलाई पनि सपाङ्गको दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो।

त्यस्तै कार्यक्रमका अध्यक्ष रविन कुमार मैनालीले भगभके कुनै रोग नभई देखासिकी गरेर पनि सिक्न सकिने भएकाले वर्तमान समयमा विभिन्न हास्य सिरियलहरूमा समेत यस्तो नक्कल व्यापक रूपमा गरिने गरिएकाले यस्ता खालका कुराहरू रोक्नुपर्ने उहाँले बताउनुभयो। उहाँले समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने सोच नै तल्लो दर्जाको भएकाले उहाँले परिवर्तनको आवश्यकता रहेको विशेष जोड दिनुभयो।।
राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष देवा डाँगीले भकभके समस्या झेलेका व्यक्तिहरूको आत्मबल बलियो बनाउन र जीवनप्रति सकारात्मक सोच विकास गराउन यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा अपाङ्ग समाज सुधार केन्द्रका संस्थापक अध्यक्ष होमकान्त कडेल,सीबीआर नेटवर्कका पूर्व अध्यक्ष चिन्तामणि पौडेल,अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरीप्रसाद खड्का,तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति सदस्य लालुमति भण्डारी,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य वसन्त केसी लगायतले मन्तव्य राख्नुभएको थियो।

नेपाल भकभके सङ्घ केन्द्रीय सङ्घका खेमराज ढुङ्गानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रामशंकर यादवले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान