भोलि हुने भकभकेपनसम्बन्धी परामर्श कार्यक्रमको तयारी अन्तिम चरणमा ।।

तुलसीपुर, चैत्र १४ ।
भोलि हुने भकभकेपनसम्बन्धी परामर्श कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेकाे छ । भकभके बोली भएका व्यक्तिहरूको लागि विभेद रहित सम्मानित र उत्पादनशील जीवनको सुनिश्चितता गराउँदै समग्र अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार र संरक्षण सम्बर्धनका लागि नेपाल भकभके संघकाे आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको समन्वयमा र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा दुई दिने विशेष कार्यक्रम सुरु गरिएको छ।
नेपाल भकभके सङ्घका अध्यक्ष रविनकुमार मैनालीको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष माधव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रमको पहिलो दिन आज सरोकारवाला निकायहरूसँग अन्तरक्रिया सत्र सम्पन्न भयकाे हाे । भोलि भने दाङ जिल्लाभित्र रहेका भकभके बोली भएका व्यक्तिहरूलाई स्वर सुधार र आत्मबल अभिवृद्धिसम्बन्धी परामर्श दिइनेछ, साथै उनीहरूलाई संगठित गरी नेपाल भकभके संघ दाङ शाखाको कार्यसमिति गठन गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि ओलीले शारीरिक रूपमा अपाङ्ग भएका व्यक्तिहरू अपाङ्ग हुनुभन्दा पनि आफूलाई सपाङ्ग सोच्ने व्यक्तिहरू आफ्नो दृष्टिकोणका कारण स्वयम् अपाङ्ग भएको उहाँले बताउनुभयो।उहाँले अपाङ्गता भएका व्यक्तिहरूमा पनि प्रचुर मात्रामा क्षमता र प्रतिभा भएकाले उनीहरूलाई पनि सपाङ्गको दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो।

त्यस्तै कार्यक्रमका अध्यक्ष रविन कुमार मैनालीले भगभके कुनै रोग नभई देखासिकी गरेर पनि सिक्न सकिने भएकाले वर्तमान समयमा विभिन्न हास्य सिरियलहरूमा समेत यस्तो नक्कल व्यापक रूपमा गरिने गरिएकाले यस्ता खालका कुराहरू रोक्नुपर्ने उहाँले बताउनुभयो। उहाँले समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने सोच नै तल्लो दर्जाको भएकाले उहाँले परिवर्तनको आवश्यकता रहेको विशेष जोड दिनुभयो।।
राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष देवा डाँगीले भकभके समस्या झेलेका व्यक्तिहरूको आत्मबल बलियो बनाउन र जीवनप्रति सकारात्मक सोच विकास गराउन यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा अपाङ्ग समाज सुधार केन्द्रका संस्थापक अध्यक्ष होमकान्त कडेल,सीबीआर नेटवर्कका पूर्व अध्यक्ष चिन्तामणि पौडेल,अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरीप्रसाद खड्का,तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति सदस्य लालुमति भण्डारी,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य वसन्त केसी लगायतले मन्तव्य राख्नुभएको थियो।

नेपाल भकभके सङ्घ केन्द्रीय सङ्घका खेमराज ढुङ्गानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रामशंकर यादवले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 34 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 86 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।