
आज सुनको मूल्य तोलामा रु १,४०० ले घटेको छ। आइतबार प्रतितोला रु १,८९,७०० मा कारोबार भएको सुन आज घटेर रु १,८८,३०० मा आइपुगेको छ। यसबारे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।
चाँदीको मूल्य पनि घटेको छ र प्रतितोला रु २० ले कम भई रु १,९७० मा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिले प्रतिऔंशी तीन हजार ३०० अमेरिकी डलरको वरिपरि कारोबार भइरहेको छ।