दाङ भ्याली मावि तुलसीपुरमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।

तुलसीपुर २६, जेठ ।

तुलसीपुर ६ स्थित दाङ भ्याली मावि तुलसीपुरमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रम दाङ भ्याली माविका प्रधानाध्यापक शिला अर्यालको अध्यक्षतामा र दाङ भ्याली ईको क्लबको आयोजनामा तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरसँगको सहकार्यमा २५ गते आइतबारका दिन ८,९ र १० का विद्यार्थीहरु, शिक्षक शिक्षिका र बस चालक लगायतकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे ।

तुलसीपुर ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायक निरीक्षक नरेन्द्र शाहीले विद्यार्थीलाई प्रशिक्षण दिँदै शरीरका अङ्गहरूलाई बाहिर ननिकाल्न, चालक अनुमतिपत्र बिना सवारी नचलाउन र ट्राफिक नियम उल्लङ्घन भएमा हुने कारबाही लगायतका बारेमा सचेत बनाउनुभएको थियो । भिडियाेमा कैद गरिएका दुर्घटनाहरुलाई प्राेजेक्टर मार्फतबाट प्रत्यक्षदर्शी बनाई विद्यार्थीहरूलाई गर्ननहुने कार्यबारे सचेतना प्रदान गर्नुभएकाे थियाे ।

विद्यालयका संस्थापक अध्यक्ष तिलक शाहुले जीवन र मरणसँगै जोडिएको ट्राफिक नियम सम्बन्धित कार्यक्रमबाट विद्यार्थीहरूले सडकमा हिँड्दा ध्यान दिने यात्रा गर्दा सवारी बस कुनै पनि अङ्ग बाहिर ननिकालने लगायत जीवन सुरक्षित बन्ने महत्वपूर्ण सचेतनामूलक ज्ञानले विद्यार्थीहरुले धेरै कुरा सिक्न पाएको बताउनुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान