दाङको दमारगाउँमा दुई बस ठोक्किँदा ३४ भन्दा बढी घाइते, दुईको मृत्यु ।

तुलसीपुर, २५ जेठ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया स्थित तुलसीपुर–अमलिया सडक खण्डमा आज बिहान सवारी दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटना आज बिहान ११ बजेतिर भएको हो।

गोल्टाकुरीबाट तुलसीपुरतर्फ गइरहेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र तुलसीपुरबाट बिद्यार्थी छोडेर बखर फर्किरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस आपसमा ठोक्किँदा यात्रुबाहक बस सडकदेखि करिब ४–५ मिटर तल खस्न पुगेको थियो।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको कमाण्डमा १२ जना र प्रहरी चौकी दमारगाउँका प्रमुख प्रहरी सहायक निरीक्षक पाराश्वर डाँगीको कमाण्डमा ३ जनाको टोली परिचालन गरिएको थियो।

हाल मृत्यु हुनेमा दंगिशरण २ का ३७ वर्षीय शान्ता खड्का चौधरी र ६५ वर्षिय नारायण भण्डारीकाे १२:४५ मा मृत्यु पुष्टि भएकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ई. प्र. का तुलसीपुरले जानकारी दिएकाे छ भने

दुर्घटनामा निम्न व्यक्तिहरू घाइते भएका छन्:

  1. मनिसा बस्नेत (२५ बर्षीय, दंगिशरण–२) – टाउको र छातिमा चोट, अवस्था मध्यम
  2. गोमा सार्की (५२ बर्षीय ) – टाउको र छातिमा चोट, अवस्था मध्यम
  3. मोतिसरा सुनार (६० बर्षीय ) – टाउको र ढाडमा चोट, अवस्था मध्यम
  4. किसिता पुन (उमेर ३४) – छाति र हात–खुट्टामा चोट, अवस्था मध्यम
  5. सिमा पुन (उमेर ३२) – ढाडमा चोट, अवस्था सामान्य
  6. कमला नेपाली (उमेर २७) – टाउको र हातमा चोट, अवस्था मध्यम
  7. शुसान्त नेपाली (९) – टाउकोमा चोट, अवस्था सामान्य
  8. शंकर नेपाली (८) – दुबै हातमा चोट, अवस्था सामान्य
  9. अन्दाजी ३०–३२ वर्षकी अज्ञात महिला – टाउको र छातिमा चोट, अवस्था गम्भीर
  10. नोखीराम वि.क. (४१) – छाति र टाउकोमा चोट, अवस्था मध्यम
  11. कुसल वि.क. (४८) – टाउकोमा चोट, अवस्था सामान्य
  12. ललिता सुनार (२५) – टाउको र छातिमा चोट, अवस्था मध्यम
  13. कमला नेपाली (४५) – अनुहारमा चोट, अवस्था सामान्य
  14. अमृत कुसारी (२३) – छाति र टाउकोमा चोट, अवस्था मध्यम
  15. पार्वती नेपाली (४५) – छाति र टाउकोमा चोट, अवस्था मध्यम

प्रहरीका अनुसार दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…