
तुलसीपुर, २५ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया स्थित तुलसीपुर–अमलिया सडक खण्डमा आज बिहान सवारी दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटना आज बिहान ११ बजेतिर भएको हो।
गोल्टाकुरीबाट तुलसीपुरतर्फ गइरहेको ना ४ ख ४००९ नम्बरको यात्रुबाहक बस र तुलसीपुरबाट बिद्यार्थी छोडेर बखर फर्किरहेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस आपसमा ठोक्किँदा यात्रुबाहक बस सडकदेखि करिब ४–५ मिटर तल खस्न पुगेको थियो।
दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको कमाण्डमा १२ जना र प्रहरी चौकी दमारगाउँका प्रमुख प्रहरी सहायक निरीक्षक पाराश्वर डाँगीको कमाण्डमा ३ जनाको टोली परिचालन गरिएको थियो।
हाल मृत्यु हुनेमा दंगिशरण २ का ३७ वर्षीय शान्ता खड्का चौधरी र ६५ वर्षिय नारायण भण्डारीकाे १२:४५ मा मृत्यु पुष्टि भएकाे प्रहरीले जनाएकाे छ ।
घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ई. प्र. का तुलसीपुरले जानकारी दिएकाे छ भने
दुर्घटनामा निम्न व्यक्तिहरू घाइते भएका छन्:
- मनिसा बस्नेत (२५ बर्षीय, दंगिशरण–२) – टाउको र छातिमा चोट, अवस्था मध्यम
- गोमा सार्की (५२ बर्षीय ) – टाउको र छातिमा चोट, अवस्था मध्यम
- मोतिसरा सुनार (६० बर्षीय ) – टाउको र ढाडमा चोट, अवस्था मध्यम
- किसिता पुन (उमेर ३४) – छाति र हात–खुट्टामा चोट, अवस्था मध्यम
- सिमा पुन (उमेर ३२) – ढाडमा चोट, अवस्था सामान्य
- कमला नेपाली (उमेर २७) – टाउको र हातमा चोट, अवस्था मध्यम
- शुसान्त नेपाली (९) – टाउकोमा चोट, अवस्था सामान्य
- शंकर नेपाली (८) – दुबै हातमा चोट, अवस्था सामान्य
- अन्दाजी ३०–३२ वर्षकी अज्ञात महिला – टाउको र छातिमा चोट, अवस्था गम्भीर
- नोखीराम वि.क. (४१) – छाति र टाउकोमा चोट, अवस्था मध्यम
- कुसल वि.क. (४८) – टाउकोमा चोट, अवस्था सामान्य
- ललिता सुनार (२५) – टाउको र छातिमा चोट, अवस्था मध्यम
- कमला नेपाली (४५) – अनुहारमा चोट, अवस्था सामान्य
- अमृत कुसारी (२३) – छाति र टाउकोमा चोट, अवस्था मध्यम
- पार्वती नेपाली (४५) – छाति र टाउकोमा चोट, अवस्था मध्यम
प्रहरीका अनुसार दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।