२४ औं स्थापना दिवशको अवसरमा दाङ जिल्ला फोटोग्राफर एशोशियनले गर्यो दिप प्रज्वलन

के.वि वली भदौ ४ दाङ
दाङ जिल्ला फोटोग्राफर एशोशियनको २४ औं स्थापना दिवशको अवसरमा तुलसीपुर शाखाले दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको छ।

२४ औं जिल्ला स्थापना दिवसको अवसरमा तुलसीपुरको बि.पि चोकमा आज तुलसीपुर शाखाले एक औपचारिक कार्यक्रमका बिच दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको हो।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको जिल्ला फोटोग्राफर एशोशियसन,दाङका उपाध्यक्ष श्री नारायण वि.क. ले जिल्ला फोटोग्राफर एशोशियनले आज २४ औं स्थापना दिवश मनाइ रहदा यस् भित्र थुप्रै अवसर संग संगै चुनौती रहेको बताएका हुन् ।

आज २१ औ शताब्दीमा अझ भन्नेहाे भने डिजिटल युगमा पनि व्यवसायिक माथी शिप , क्षमता , ज्ञानको कमी गर्दा पनि आज व्यवसायी माथी असहज परिस्थिती श्रृजना भएको बताउदै अबका दिनमा यशोसियशनले सम्पूर्ण व्यवसायीहरुलाई एकरुपता गराउदै अहिलेको युगमा व्यवसायीहरुलाई अझ माथी उठाउनको लागि सिप परिक्षण, क्षमता अभिवृद्धी जस्ता तालिम संचालन गर्ने बताए ।

यस्तै उहाले अहिले देशले भोक्नु परेको आर्थिक मन्दीका कारण पनि धेरै फोटो व्यवसायीहरु पलायन हुने अवस्था भएको र देशमै व्यवसायी गर्ने भन्दा बाहीर जानेको ठुलो लहर चलेको बताउदै अब यस क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रोत्साहन गर्न नयाँ कार्य योजना तथा निति निर्माण गर्न आवश्यक रहेको समेत बताउनुभएको हो।

दाङ जिल्ला फोटोग्राफर यशोशियसन तुलसीपुर शाखाका अध्यक्ष कृष्ण जि.ए को सभा अध्यक्षमा भएको उक्त कार्यमा दाङ जिल्ला फोटोग्राफर यशोशियसनका सदस्य पहल सिंह बुढा मगर , तुलसीपुर शाखाका उपाध्यक्ष मिनराज वली , सचीव ससिराम चौधरी , कोषाध्यक्ष हरि खड्का लगायत सदस्य हरुको सहभागी रहेको थियो भने कार्यक्रमको सहजीकरण दाङ जिल्ला फोटोग्राफर यशोशियसन दाङका सचिव मिशन सुनार ले गर्नु भएको थियो।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…