२४ औं स्थापना दिवशको अवसरमा दाङ जिल्ला फोटोग्राफर एशोशियनले गर्यो दिप प्रज्वलन

के.वि वली भदौ ४ दाङ
दाङ जिल्ला फोटोग्राफर एशोशियनको २४ औं स्थापना दिवशको अवसरमा तुलसीपुर शाखाले दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको छ।

२४ औं जिल्ला स्थापना दिवसको अवसरमा तुलसीपुरको बि.पि चोकमा आज तुलसीपुर शाखाले एक औपचारिक कार्यक्रमका बिच दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरेको हो।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको जिल्ला फोटोग्राफर एशोशियसन,दाङका उपाध्यक्ष श्री नारायण वि.क. ले जिल्ला फोटोग्राफर एशोशियनले आज २४ औं स्थापना दिवश मनाइ रहदा यस् भित्र थुप्रै अवसर संग संगै चुनौती रहेको बताएका हुन् ।

आज २१ औ शताब्दीमा अझ भन्नेहाे भने डिजिटल युगमा पनि व्यवसायिक माथी शिप , क्षमता , ज्ञानको कमी गर्दा पनि आज व्यवसायी माथी असहज परिस्थिती श्रृजना भएको बताउदै अबका दिनमा यशोसियशनले सम्पूर्ण व्यवसायीहरुलाई एकरुपता गराउदै अहिलेको युगमा व्यवसायीहरुलाई अझ माथी उठाउनको लागि सिप परिक्षण, क्षमता अभिवृद्धी जस्ता तालिम संचालन गर्ने बताए ।

यस्तै उहाले अहिले देशले भोक्नु परेको आर्थिक मन्दीका कारण पनि धेरै फोटो व्यवसायीहरु पलायन हुने अवस्था भएको र देशमै व्यवसायी गर्ने भन्दा बाहीर जानेको ठुलो लहर चलेको बताउदै अब यस क्षेत्रमा काम गर्ने सम्पूर्ण व्यवसायीहरुलाई प्रोत्साहन गर्न नयाँ कार्य योजना तथा निति निर्माण गर्न आवश्यक रहेको समेत बताउनुभएको हो।

दाङ जिल्ला फोटोग्राफर यशोशियसन तुलसीपुर शाखाका अध्यक्ष कृष्ण जि.ए को सभा अध्यक्षमा भएको उक्त कार्यमा दाङ जिल्ला फोटोग्राफर यशोशियसनका सदस्य पहल सिंह बुढा मगर , तुलसीपुर शाखाका उपाध्यक्ष मिनराज वली , सचीव ससिराम चौधरी , कोषाध्यक्ष हरि खड्का लगायत सदस्य हरुको सहभागी रहेको थियो भने कार्यक्रमको सहजीकरण दाङ जिल्ला फोटोग्राफर यशोशियसन दाङका सचिव मिशन सुनार ले गर्नु भएको थियो।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 97 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 127 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित