कार्तिक ८, ९ ,१० गते सर्प महोत्सव सचेतना कार्यक्रम हुने

दाङ, २ कार्तिक

कार्तिक ८,९ ,१० गते सर्प महोत्सव तथा मानव र वन्यजन्तु बीच सम्बन्ध सचेतना कार्यक्रम हुने भएको छ।दाङमा पाइने सबै सर्पहरू विषालु नहुने र सर्पको पहिचान नहुँदा सर्प मार्ने तथा टोकेमा झारफुक गर्ने जस्ता कार्यहरू विगतदेखि नै भइरहेकाले यस विषयमा मानिसलाई सचेत बनाउनका लागि सचेतनामूलक कार्यक्रम हुने भएको छ ।

हामी संरक्षणको लागि काम गर्छौं संस्थाले आज शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सर्प महोत्सव सचेतना कार्यक्रम हुने बारे जानकारी दिएको हो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष वसन्त सुवेदीले कार्तिक ८,९, १० गते तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यानमा पश्चिम दाङ क्षेत्रमा पाइने जति पनि विषालु अ विषालु सर्पहरूको प्रदर्शनी सहित सचेतना कार्यक्रम राख्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा विशेष गरी तुलसीपुर, शान्तिनगर गाउँपालिकाका, दङ्गीशरण गाउँपालिका, सम्पूर्ण सरकारी तथा निजी विद्यालयका विद्यालयका कक्षा ८ देखि माथिका विद्यार्थीहरु लगायत सम्पूर्ण स्थानीय जनताहरुलाई सचेतना दिने संस्थाका अध्यक्ष सन्दीप ओलीले बताउनुभयो।

संस्थाका उपाध्यक्ष वसन्त ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव गरिमा डाँगीले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत