नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण


निरला अर्याल
तुलसीपुर, २ कार्तिक ।
राप्ती आँखा अस्पताल,नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्ने नवआगन्तुक विद्यार्थी तथा उनीहरूका अभिभावकलाई अभिमुखिकरण गरिएको छ । अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका विद्यार्थीहरूको स्वागत गर्दै अभिमुखिकरण गरिएको हो ।

एकाडमिक चिफ तथा आँखा रोग क्यान्सर रोग विशेषज्ञ डा. सुरेश रसाइलीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा केन्द्रीय सदस्य गिरीले आँखा स्वास्थ्य शिक्षामा दक्षता हासिल गरी अन्धोपन न्युनीकरणमा योगदान पुर्याउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो । विद्यार्थीहरूले आफ्नो उद्देश्य प्राप्त गर्न लगनशिलता हुनुपर्ने भन्दै गिरीले सैद्धान्तिक र प्राज्ञिक ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।
उहाँले आँखाका बिरामीहरूसँग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले सचेत भएर अध्ययन गर्न विद्यार्थीहरूलाई अपिल गर्नुभयो । कार्यक्रममा डा. सुरेश रसाइलीले नेपालमा नेत्र विशेषज्ञहरूको संख्या करिब ५÷६ सय मात्रै रहेको जानकारी दिनुभयो ।
उहाँले विशेष विशेषज्ञता भएका अकुलोप्लास्टी, रेटिना र नेत्र बालरोग विशेषज्ञहरूको संख्या अझै न्यून रहेकाले पनि नेत्र सहायकको अध्ययन गर्नेहरूका लागि ठूलो अवसर भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य ध्रुव गौतम, राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम, गुरुजजुर माविका प्रधानाध्यापक विष्णु कमारी केसी, प्रशिक्षक रेश्वरराज भट्टराई लगायतकाले नवआगन्तुक विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।


शिक्षालयका प्रशासक तथा लेखा अधिकृत प्रेमाकुमारी सापकोटाले विषय प्रवेश र स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण लायब्रेरियन निरला अर्यालले गर्नुभएको हो । शिक्षालयमा अध्ययनका लागि सातै प्रदेशबाट विद्यार्थीहरू आउने गरेका छन् । विशेषगरी लुम्बिनी र कर्णाली प्रदेशबाट धेरै विद्यार्थी आउने गरेको तथ्यांक शिक्षालय प्रशासनले जनाएको छ ।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 89 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित