नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण

निरला अर्याल
तुलसीपुर, २ कार्तिक ।
राप्ती आँखा अस्पताल,नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्ने नवआगन्तुक विद्यार्थी तथा उनीहरूका अभिभावकलाई अभिमुखिकरण गरिएको छ । अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नवौं व्याचका विद्यार्थीहरूको स्वागत गर्दै अभिमुखिकरण गरिएको हो ।

एकाडमिक चिफ तथा आँखा रोग क्यान्सर रोग विशेषज्ञ डा. सुरेश रसाइलीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा केन्द्रीय सदस्य गिरीले आँखा स्वास्थ्य शिक्षामा दक्षता हासिल गरी अन्धोपन न्युनीकरणमा योगदान पुर्याउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो । विद्यार्थीहरूले आफ्नो उद्देश्य प्राप्त गर्न लगनशिलता हुनुपर्ने भन्दै गिरीले सैद्धान्तिक र प्राज्ञिक ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।
उहाँले आँखाका बिरामीहरूसँग प्रत्यक्ष सरोकार राख्ने पेशा भएकाले सचेत भएर अध्ययन गर्न विद्यार्थीहरूलाई अपिल गर्नुभयो । कार्यक्रममा डा. सुरेश रसाइलीले नेपालमा नेत्र विशेषज्ञहरूको संख्या करिब ५÷६ सय मात्रै रहेको जानकारी दिनुभयो ।
उहाँले विशेष विशेषज्ञता भएका अकुलोप्लास्टी, रेटिना र नेत्र बालरोग विशेषज्ञहरूको संख्या अझै न्यून रहेकाले पनि नेत्र सहायकको अध्ययन गर्नेहरूका लागि ठूलो अवसर भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य ध्रुव गौतम, राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम, गुरुजजुर माविका प्रधानाध्यापक विष्णु कमारी केसी, प्रशिक्षक रेश्वरराज भट्टराई लगायतकाले नवआगन्तुक विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।

शिक्षालयका प्रशासक तथा लेखा अधिकृत प्रेमाकुमारी सापकोटाले विषय प्रवेश र स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण लायब्रेरियन निरला अर्यालले गर्नुभएको हो । शिक्षालयमा अध्ययनका लागि सातै प्रदेशबाट विद्यार्थीहरू आउने गरेका छन् । विशेषगरी लुम्बिनी र कर्णाली प्रदेशबाट धेरै विद्यार्थी आउने गरेको तथ्यांक शिक्षालय प्रशासनले जनाएको छ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत