महालक्ष्मी सामुदायिक वनको २७ औँ बार्षिक साधारण सभा साम्पन्न

दाङको तुलसीपुर उपमहानगरपालिका ८ र ९ मा रहेको महालक्ष्मी सामुदायिक वनको २७ औँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । वनका अध्यक्ष डिल्ली प्रसाद भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा भएको साधारण सधामा बोल्ने वक्ताहरुले सामुदायिक वनलाई संवद्र्धन गर्नु पर्ने बताएका छन् ।

सामुदायिक वनलाई संबद्र्धन गरेर आयआर्जनको बाटो बनाउनु पर्ने बताएका हनु् । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तुलसीपुर उपमहानगरपालिका ९ का वडा अध्यक्ष घनश्याम ढकाले
पर्यार्यटनको माध्यमबाट धेरै सामुदायिक वनहरुले आर्थिक रुपमा आयआर्जन गरिरहेको भन्दै महालक्ष्मी सामुदायिक वनलाई पशुपंक्षी पालन गरेर रोजगारी सिर्जना गर्न सकिने बताउनु भयो ।

त्यस्तै समितिका अध्यक्ष डिल्ली प्रसाद भण्डारीले सामुदायिक वन क्षेत्रभित्र चोरी निकासी बढ्दै गएकाले तत्काल रुपमा काडेतारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महालक्ष्मी सामुदायिक वनका पूर्व अध्यक्ष दुर्गा प्रसाद बस्याल, मोहनलाल पाण्डे, तारा प्रसाद देवकोटा, मुकुन्द प्रसाद काफ्ले, वन प्राविधिक कमला सापकोटा, सरस्वती टोल विकास संस्थाका अध्यक्ष जीवन केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट विद्यार्थी, वनका पूर्व पदाधिकारीहरु, एमानदार यपभोक्ता लयागतलाई नगद सहित सम्मान गरिएको थियो । वनका उपाध्यक्ष देवीसरा वलीको स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रमको सहजीकरण पूर्व सचिव मेघराज पाण्डेले गर्नु भएको थियो ।।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान