
सागर रोका
बिजौरी १५ असार ।
यस नेपाल रेडक्रसले सोसाइटी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रसले सोसाइटीका उपशाखाका सभापति बाल कृष्ण रेग्मीको अध्यक्षतामा आज सनिवारका दिन एक कार्यक्रम गरिएको थियोे ।
यस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ र १८ भित्र पर्न सक्ने दैनिक प्रकोप बाट हुन सक्ने दुर्घटना लाई सहज बनाउन र दुर्घटना भएको खण्डमा तत्काल उद्रार गर्नको लागी यस क्षेत्र भित्र रहेका स्थानीय सरकार,प्रहरी प्रशासन संघ संस्था लगाएत पत्रकार सबैको साथ र सहयोगमा बिपत अवस्थामा रहेका लाई व्यवस्थापन गर्नको लागी एक समिति गठन गरिएको थियोे ।
त्यस्तै गरेर नेपाल रेडक्रस सोसाइटी बाल कृष्ण रेग्मीको सभापतिमा (७) सात जनाको समिति बनाइएको थियोे ।
जसमा:- सभापति बाल कृष्ण रेग्मी (नेपाल रेडक्रस )
सदस्य :- चित्र बहादुर खड्का (बिजौरी उद्योग बाणिज्य ) प्रहरी :- भरत वली (प्रहरी इन्चार्ज हेमन्तपुर चौकी )
प्रहरी :- मान बहादुर चौधरी (प्रहरी चौकी बेलझुण्डी )
उपकाेषाअध्यक्ष :- बिदुर गौतम ( रेडक्रस बिजौरी )
पत्रकार:- सागर रोका (प्रेस सहयोगी )
सदस्य :- मदन वली ( रेडक्रस बिजौरी )
यस अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटीका उपशाखा सभापतिको निर्णयमा समिति चयन गरिएको थियोे ।
यस वर्ष बाढी पहिरो धेरै हुने सम्भावना भएकाले यस कुरामा सबै सरोकारवालाले बाढी पहिरोबाट हुने क्षेती बाट बच्न र बचाउनको लागी सबैको सरोकारवालाले ध्यानाकर्षण गर्नु पर्ने नेपाल रेडक्रस सोसाइटीका उपकाेषाअध्यक्ष बिदुर गौतमले बताउनु भएको थियोे ।
यस कार्यक्रममा हेमन्तपुर प्रहरी चौकी र बेलझुण्डी प्रहरी चौकी लगाएत बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटीले हरेक कुरामा मध्य नजर गर्दै यसमा मर्यादित र दुर्घटना भएको खण्डमा तत्काल उद्रार गरि आफुले गर्न सक्ने सम्मको सहयोग गरेर लागी पर्ने बिजौरी उद्योग बाणिज्य संघका सदस्य चित्र बहादुर खड्काले बताउनु भएको थियोे ।
त्यस्तै गरेर हेमन्तपुर प्रहरी चौकी र बेलझुण्डी प्रहरी चौकी बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटी र उद्योगबाणिज्य संघका प्रतिनिधिहरु लगाएत सम्पुर्ण सरोकारवालाले आ-आफ्नो ठाउँ बाट आफुले सकेसम्मको सहयोग गर्न हेमन्तपुरका इन्चार्ज प्रहरी भरत वलीले बताउनु भएको थियोे ।
त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ र १८ को समन्वयमा यो बर्खा याममा हुने जोखिम बाढी पहिरोबाट आँपत बिपत्तिमा पुर्ण रुपमा वडा बाट गर्नु पर्ने साथ सपोटको लागी पुर्ण रूपमा लागि पर्ने तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर-१९ का अध्यक्ष प्रेम नाथ योगिले बताउनु भएको थियोे ।
त्यस्तै गरेर यस कार्यक्रम सहजीकरण भने नेपाल रेडक्रस सोसाइटीका सचीव मुकेश वलीले गर्नु भएको थियोे ।

