
तुलसीपुर ६ माघ । त्रिदेव बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरूद्वारा खेलकुद सामग्री वितरण गरिएको छ। विद्यार्थीहरूलाई पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा अग्रसर राख्नुपर्ने र आफूले विद्यालयमा अध्ययन गर्दाको सम्झना स्वरूप आत्मसाथ गर्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको पूर्व विद्यार्थीहरूले बताएका छन्।

पूर्व विद्यार्थीहरू तिलक ओली नवीन पुन ,रिमा शर्मा, हिमाल केसी ,सुदन भण्डारी र रोशन ओलीले शैक्षिक सामग्री वितरण गरेका हुन्। कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक पदमा शर्माले सहयोगी विद्यार्थी तिलक ओलीलाई सम्मान गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका लेखापाल सन्दीप ओलीले गर्नुभएको थियो।
