
डिभाईन टेम्पलमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएकाे छ ।
तुलसीपुर, १५ असार
डिभाईन टेम्पलमा एकाडेमी तुलसीपुरमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्तीर्ण हुने छात्रछात्राहरु लाई सम्मान गरिएको हो ।
कार्यक्रम लाई सम्बोधन गर्दै डिभाईन एजुकेशन फाउण्डेशनका सीइओ भोजराज न्यौपानेले विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै आफ्नो रुचि अनुसारको विषय अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले विशेषगरी अहिलेकाे अवस्थामा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले व्यवस्थापन शंकाय अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अनेत्र जानुनपर्ने बताउनुभयो । डिभाईन टेम्पलले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिंदै आएको समेत उहाँकाे भनाई थियो ।
कार्यक्रममा मावि कोर्डिनेटर जीवन लामीछाने, पत्रकार आशिष केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले डिभाईन टेम्पलले आफूहरुका लागी पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन एकेडेमीका भाईस् प्रिन्सिपल महेश लामिछानेले गर्नुभएको थियो ।
