प्रेस सेन्टर नेपाल तुलसीपुरले जनयुद्ध उपलब्धि एंव मिडियाकाे भूमिका बहस कार्यक्रम सम्पन्न ।।

तुलसीपुर, फागुन २ ।

प्रेस सेन्टर नेपाल तुलसीपुर शाखा दाङले जनयुद्ध उपलब्धि एंव मिडियाकाे भूमिका बहस कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रेस सेन्टर नेपाल तुलसीपुर शाखा दाङको मेट्राे हस्पिटालिटि दाेघरेमा जनयुद्ध उपलब्धि एंव मिडियाकाे भूमिका बहस कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस सेन्टर तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीकाे अध्यक्ष्यतामा र प्रमुख आतिथ्यतामा नेकापा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभासदस्य एंव पूर्व अर्थमन्त्री धन बहादुर ( माक्सि) रहनुभएकाे थियो । उहाँले कार्यक्रममा बाेल्दै ,नेकपा माओवादीले देशमा आमुल परिवर्तन गर्न सकिन्छ किनभने व्याव्त असमानता अन्याय , अत्याचार ,ब्यतिथि समाजका कुस्कारका विरूद्वमा एउटा युद्धको आवश्यक थियो ।

परिवर्तनकाे चाहाना थियो र त्यसलाई संस्थागत बनाउने उदेश्य बाेकेर जनयुद्ध सुरूवात गरिएको हाे भन्ने धारणा व्यक्त गर्नुभएको हाे । त्यस्तै बिशिस्ट अतिथिकाे रूपमा प्रेस सेन्टरका संस्थापक तथा केन्द्रीय उपाध्यक्ष अजयदिप शर्मा रहनुभएकाे थियो । अतिथिकाे रूपमा तुलसीपुर मेट्राे कलेजका सञ्चालक बसन्त आचार्य , तुलसीपुर वडा नं ४ का वडा अध्यक्ष तुल्सि थापा , शान्तिनगर गाउँपालिका १ का अध्यक्ष जङ्गबहादुर पुन , प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष भुपेन्द्र पलि जस्ता उच्च तहका व्यक्तीहरूकाे बाख्लाे उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बिद्यार्थीहरूकाे पनि उल्लेखिय सहभागीता रहेको थियोे ।
साथै बिद्यार्थीहरूले जनयुद्ध र मिडियाकाे भूमिका बिषयमा आफ्ना गहकिला प्रश्नहरू उठाउनु भएको थियाे साेहि कार्यक्रममा मनाेरञ्जनकाे लागि केही नृत्यहरू देखाईएकाे थियोे ।

कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी राैजेरले जनताकाे सङघर्ष त्याग बलिदान र अधिकार समन्वय सहकार्यका बिषयमा महत्त्वपूर्ण धारण राख्नु भएको थियाे । सत्य तथ्य समाचारलाई बाहिर ल्याउन मिडियाकर्मी कहिल्यै डराउनु पर्दैन भन्ने बिचार राख्नु भएको थियाे ।

जनयुद्ध उपलब्धि एंवम मिडियाकाे भूमिका बहस कार्यक्रममा पत्रकार सागर सुवेदी काे स्वागत मन्तव्यबाट सुरूवात गरिएकाे कार्यक्रमकाे अध्यक्ष टेकराज भण्डारीले समापन गर्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन प्रेस सेन्टर दाङकि सचिव रिता के.सीले गर्नु भएको थियाे ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत