रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।।

तुलसीपुर, फागुन २ ।

रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा समारोहका बीच अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष बिनिल के सीको सभापतित्वमा तथा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष किरण पुन को स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका १६ वटा मा वि तहका विद्यालयका विद्यार्थी भाइबहिनीहरूले सहभागिता जनाएका थिए।
हाजिरी जवाफ प्रतियोगिता लाई रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तुफान बाबु श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।
हाजिरी जवाफ प्रतियोगितामा श्री अमर इङ्लिस स्कुलको टिम १४० अङ्क ल्याई आजको प्रतियोगिताको विजेता बनी प्रथम विजेताको ट्रफी प्रमाणपत्र तथा नगद रु १० हजार सहित सम्मानित भएको थियो।

त्यसैगरी ११० अङ्क ल्याई ज्ञानज्योति इङ्लिस सेकेन्डरी स्कुलको टिम प्रतियोगिताको उपविजेता बनी प्रमाणपत्र तथा नगद रु ५००० सहित सम्मानित भएको थियो भने तुलसी आवासीय माविको टिम ९० अङ्क ल्याई प्रतियोगिताको तेस्रो विजेता बनेको थियो र प्रमाणपत्र सहित नगद रु २००० प्राप्त गर्न सफल भएको थियो।
कार्यक्रमको सहजीकरण रोट्रयाक्ट क्लब अफ तुलसीपुरका महासचिव सन्दिप भुसालले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान