आचार्यकुलमले मनायो प्रथम वार्षिकोत्सव ।

तुलसीपुर, ३ फागुन ।


तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । गतवर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो ।


योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहले बताउनुभयो।
योग अभ्यासले मानिसलाई शारीरिक, मानसिक र आत्मिक समृद्धि हासिल गर्न मद्दत गर्ने बताउँदै शिक्षा र योगको संयोजन गर्दै समग्र राष्ट्रका लागि बलियो र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा समिति निरन्तर लागिरहेको बताउनुभयो ।
योग,वैदिक संस्कृत तथा आधुनिक शिक्षालाई संगै लैजान योग्य तथा चरित्रवान नागरिक बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गोलौरीमा विद्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
आचार्यकुलम सञ्चालन समितिका अध्यक्ष दिपक बस्यालको अध्यक्षता तथा पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहको प्रमुख आतिथ्यता एवं प्राध्यापक निलप्रकाश सापकोटाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।


आचार्यकुलममा चालु शैक्षिक सत्रमा प्ले ग्रुपदेखि ६ कक्षासम्मको पठनपाठन सञ्चालन भैरहेको विद्यालयमा दुई सय ५० बढि विद्यार्थीले अध्यययन गरिरहेका छन्। आगामी शैक्षिक शत्रदेखी कक्षा ७ पनि सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष बस्यालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले वैदिक शिक्षा आजको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा योगा अभ्यासका प्रस्तुतीहरु राखेका थिए । यसैविच वार्षिकोत्सवका अवसरमा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामामा नौवटा योग साधना केन्द्र सहभागी रहेका थिए । सम्पन्न प्रतियेगितामा अरनिको योग साधना केन्द्र तुलसीपुर प्रथम,दोघरे आयुर्वेद योग साधना केन्द्र द्वितीय र भुयारथान योग साधना केन्द्र तुलसीपुर तृतिय भएका छन् ।

आचार्यकुलमका प्राधानाध्यापक मिलन बुढाथोकिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रमको सहजीकरण संचालक समिति सदस्य टेक बहादुर खड्काले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।