आचार्यकुलमले मनायो प्रथम वार्षिकोत्सव ।

तुलसीपुर, ३ फागुन ।


तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । गतवर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो ।


योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न विद्यालय सञ्चालन गरिएको पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहले बताउनुभयो।
योग अभ्यासले मानिसलाई शारीरिक, मानसिक र आत्मिक समृद्धि हासिल गर्न मद्दत गर्ने बताउँदै शिक्षा र योगको संयोजन गर्दै समग्र राष्ट्रका लागि बलियो र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा समिति निरन्तर लागिरहेको बताउनुभयो ।
योग,वैदिक संस्कृत तथा आधुनिक शिक्षालाई संगै लैजान योग्य तथा चरित्रवान नागरिक बनाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गोलौरीमा विद्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
आचार्यकुलम सञ्चालन समितिका अध्यक्ष दिपक बस्यालको अध्यक्षता तथा पतन्जली योग समिति लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम शाहको प्रमुख आतिथ्यता एवं प्राध्यापक निलप्रकाश सापकोटाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।


आचार्यकुलममा चालु शैक्षिक सत्रमा प्ले ग्रुपदेखि ६ कक्षासम्मको पठनपाठन सञ्चालन भैरहेको विद्यालयमा दुई सय ५० बढि विद्यार्थीले अध्यययन गरिरहेका छन्। आगामी शैक्षिक शत्रदेखी कक्षा ७ पनि सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष बस्यालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले वैदिक शिक्षा आजको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा योगा अभ्यासका प्रस्तुतीहरु राखेका थिए । यसैविच वार्षिकोत्सवका अवसरमा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामामा नौवटा योग साधना केन्द्र सहभागी रहेका थिए । सम्पन्न प्रतियेगितामा अरनिको योग साधना केन्द्र तुलसीपुर प्रथम,दोघरे आयुर्वेद योग साधना केन्द्र द्वितीय र भुयारथान योग साधना केन्द्र तुलसीपुर तृतिय भएका छन् ।

आचार्यकुलमका प्राधानाध्यापक मिलन बुढाथोकिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कार्यक्रमको सहजीकरण संचालक समिति सदस्य टेक बहादुर खड्काले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    प्रेस सेन्टर नेपाल तुलसीपुरको आयोजनामा आधारभूत पत्रकारिता तालिम सम्पन्न ।।

    तुलसीपुर ३०, चैत । पत्रकारिता क्षेत्रमा आबद्ध हुन चाहने युवाहरूलाई अवसर प्रदान गर्नका लागि २१ जनालाई तालिम प्रदान गरिएको हो। प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।