दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु ।।

तुलसीपुर, ९ चैत ।  

दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गुर्जेखोला नजिकै आज बिहान साढे ५ बजेको समयमा आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो भने रा २ प ६१६३ नम्बरका मोटरसाइकल चालक घोराही–११ निवासी ३४ बर्षीय विनोद बस्नेत गम्भिर घाइते भएका छन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक सुवेदी घोराहीबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिकलगाएतका पत्रिका तुलसीपुरसम्म ल्याउने काम गर्दै आउनुभएको थियो । आज पनी बिहानै पत्रिका लिएर तुलसीपुर आउने क्रममा उहाँ दुर्घटनामा परेको बताइएको छ ।।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    कालिकोट, ८ वैशाख।कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा गएराति एक ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। थिर्पुबाट खिनतर्फ गइरहेको खाद्यान्न तथा खुद्रा सामान बोकेको ट्याक्टर पलाँता–२, लार्फा ठाँटीडाँडाको भीत्रि सडकखण्डमा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।