क्रान्ति केसीको निर्देशनमा समिक्षा अधिकारी र रुद्र सेखरको ‘के छ ओइ सान्नानी गित सार्बजनिक ।।

दाङ चैत, १० ।

गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण गीतमा समीक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर छ । गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन् ।

समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् । गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरू गीत तथा गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।

क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् । गजलकार मजगैयाँका यस अघि केही गीत गजलका एल्बम तथा किताबहरू प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान