
दाङ ,१० चैत ।
आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलामा एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर एक हजार ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको एक हजार नौ सय ९५ रुपैयाँ थियो ।