तुलसीपुरको अश्वारा सामुदायिक वनमा भीषण आगलागी, १०० हेक्टरभन्दा बढी क्षेत्र नष्ट ।।

तुलसीपुर, २० चैत – दाङको तुलसीपुर-८ मा रहेको अश्वारा सामुदायिक वनमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ। गएराति अज्ञात समूहले लगाएको आगो आज दिउँसो ३ बजे मात्रै नियन्त्रणमा ल्याइएको हो। शव-डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख प्रकाश ढकालका अनुसार दमकल, नेपाली सेना, वन कार्यालयका कर्मचारी, उपभोक्ता लगायतको सक्रियतामा आगो निभाइएको हो।

सुरुवातमा सामुदायिक वनकी अध्यक्ष हेमा डाँगीको नेतृत्वमा स्थानीय टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएपछि दमकल, सेना, र वन कर्मचारीलाई खबर गरिएको थियो।

यो आगलागीका कारण २ सय ४१ हेक्टर क्षेत्रफलको वनमध्ये १ सय हेक्टरभन्दा धेरै जलेर नष्ट भएको छ। यसबाट जीवजन्तु, चराचुरुंगीको बासस्थान, हजारौं साना बिरुवा जलेर नष्ट भएका छन् भने जैविक विविधतामा गम्भीर क्षति पुगेको छ।

बिहान ७ बजेदेखि सुरु गरिएको आगो निभाउने प्रयास दिउँसो ३ बजे मात्रै सफल भएको हो।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    दाङ ८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी भएको छ। बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्ने कि नगर्ने भन्ने विषयमा आजको बैठकबाट टुंगो लगाउने तयारी गरेको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।