तुलसीपुरको अश्वारा सामुदायिक वनमा भीषण आगलागी, १०० हेक्टरभन्दा बढी क्षेत्र नष्ट ।।

तुलसीपुर, २० चैत – दाङको तुलसीपुर-८ मा रहेको अश्वारा सामुदायिक वनमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ। गएराति अज्ञात समूहले लगाएको आगो आज दिउँसो ३ बजे मात्रै नियन्त्रणमा ल्याइएको हो। शव-डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख प्रकाश ढकालका अनुसार दमकल, नेपाली सेना, वन कार्यालयका कर्मचारी, उपभोक्ता लगायतको सक्रियतामा आगो निभाइएको हो।

सुरुवातमा सामुदायिक वनकी अध्यक्ष हेमा डाँगीको नेतृत्वमा स्थानीय टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएपछि दमकल, सेना, र वन कर्मचारीलाई खबर गरिएको थियो।

यो आगलागीका कारण २ सय ४१ हेक्टर क्षेत्रफलको वनमध्ये १ सय हेक्टरभन्दा धेरै जलेर नष्ट भएको छ। यसबाट जीवजन्तु, चराचुरुंगीको बासस्थान, हजारौं साना बिरुवा जलेर नष्ट भएका छन् भने जैविक विविधतामा गम्भीर क्षति पुगेको छ।

बिहान ७ बजेदेखि सुरु गरिएको आगो निभाउने प्रयास दिउँसो ३ बजे मात्रै सफल भएको हो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान