भोलि चैत्र २४ गते, देशभर सार्वजनिक बिदा ।।

दाङ, २३ चैत ।
नेपाल सरकारले रामनवमी पर्वको अवसरमा भोलि आइतबार (चैत्र २४ गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

मन्त्रालयका अनुसार रामनवमी हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व भएकाले देशभरका सरकारी कार्यालयहरू, सार्वजनिक संस्था र निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

“नेपाल सरकारले संवत् २०८१ साल चैत्र २४ गतेका दिन रामनवमी पर्वको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ,” मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

रामनवमीको दिन भगवान श्रीरामको जन्म भएको विश्वास गरिन्छ। यस पर्वलाई विशेष रूपमा हिन्दू धर्मावलम्बीहरूले पूजाआजा र धार्मिक कार्यक्रमका साथ धूमधामले मनाउने गर्छन ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने