
दाङ १६, चैत ।
राष्ट्रिय आविष्कार केन्द्र र माइक्रोसफ्टको आयोजनामा राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा माइक्रोसफ्ट एआई स्कील फेष्ट २०२५ उद्घाटन सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङका प्रिन्सिपल रेशम गिरीले प्रम्प्ट भनेको प्राकृतिक भाषाको पाठ हो जसले जेनेरेटिभ एआईलाई कुनै खास कार्य गर्न अनुरोध गर्दछ । एआईले कागजातहरू, पूर्ण वाक्यहरू, प्रश्नहरूको जवाफ दिन, र भाषाहरू अनुवाद गर्न सक्छन्, विशिष्ट प्रयोगकर्ता इनपुटको लागि, मोडेलहरूले विगतको प्रशिक्षणबाट निर्धारण गर्ने उत्तम आउटपुटको भविष्यवाणी गरेर काम गर्ने बताउनु भएको थियो ।

एआई र यसको अनुप्रयोगहरूको गतिशील प्रकृतिलाई प्रतिबिम्बित गर्दै, प्रम्प्ट इन्जिनियरिङको क्षेत्र विकसित हुने क्रम जारी रहेको बताउदै गिरीले यसको बारेमा सबैले जान्न जरुरी रहेको बताउनु भयो । माइक्रोसफ्टमा निःशुल्क उपलब्ध यो अन्तरक्रियात्मक पाठक्रमले माइक्रोसफ्ट कोपाइलट र जेनेरेटिभ एआई प्रयोग गरी आफूले कल्पना गरेको गन्तव्य तयार गर्ने अद्वितीय क्षमता बनाउनको लागि जानकारी दिनु भएको थियो
कार्यक्रममा क्यान महासंघ दाङका पूर्व अध्यक्ष कर्ण बहादुर पुन मगरले माइक्रोसफ्ट एआई स्कील फेष्ट २०२५ एआईको साथमा सपना गन्तव्यको डिजाइन माइक्रोसफ्टद्वारा एआई फेस्ट २०२५ मा नयाँ शिक्षण अभियान को रुपमा अघि बढेको बताउनु भयो । माइक्रोसफ्टले आफ्नो नवीनतम सिकाईको माइक्रोसफ्ट एआई स्कील फेष्ट २०२५ मा सार्वजनिक गर्दै रचनात्मक सोच र प्रविधिको संयोजनमार्फत विश्वभरका विद्यार्थी, शिक्षक, व्यवसायी र सिर्जनशील प्रतिभालाई एकसाथ ल्याउनको लागि कार्यक्रमले सहयोग पुर्याउने बताउनु भयो । उक्त कार्यक्रममा प्रबल कक्षपति, धनेश्वर चौधरी लगायतले बोल्नु भइको थियो ।
आई टी क्लव अफ राप्ती इञ्जिनियरिङका अध्यक्ष तथा कोड फर चेन्ज दाङका भाइस प्रोजेक्ट लिड राजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आई टी क्लव अफ राप्ती इञ्जिनियरिङका सचिव सन्देश आचार्य नयाँ गन्तव्यको अनुसन्धान र विचार विकास, प्रभावकारी प्रोम्प्ट लेख्ने तरिका, आकर्षक सामग्री लेखन, विभिन्न श्रोताहरू र माध्यमअनुसार अनुकूलन, भिजुअल प्रस्तुतीकरण निर्माण गर्ने कौशल, व्यवसाय प्रयोगकर्ता, विद्यार्थी र शिक्षकहरू विषयमा जानकारी गराउनु भएको थियो ।
