प्रेस सेन्टर नेपाल तुलसीपुरको आयोजनामा आधारभूत पत्रकारिता तालिम सम्पन्न ।।

तुलसीपुर ३०, चैत ।

पत्रकारिता क्षेत्रमा आबद्ध हुन चाहने युवाहरूलाई अवसर प्रदान गर्नका लागि २१ जनालाई तालिम प्रदान गरिएको हो।

प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य माननीय जगप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। भने पत्रकार दीपक बोहोरा र सागर सुवेदीको पत्रकारिता प्रशिक्षण दिनुभएको हो।

कार्यक्रममा प्रमुख अतिथि शर्माको पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सुन्दर भविष्य निर्माण गर्न सक्ने सकिने क्षेत्र भएकाले युवाहरू सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै कार्यक्रमका अध्यक्ष टेकराज भण्डारीले पत्रकारिता क्षेत्रमा आउन चाहनेहरूलाईहरूका लागि यस्ता कार्यक्रमहरुलाई अवसर प्रदान गर्ने बताउनुभयो।
त्यस्तै तालिममा सहभागीहरुले पत्रकारिता तालिम उपलब्धिमूलक भएको र यस क्षेत्रमा आफूलाई केही गर्छु भन्ने हौसला प्राप्त भएको बताउनुभयो ।

त्यस्तै पत्रकार दीपक बोहोराले पत्रकारिता क्षेत्र यसका अवसर चुनौती र उपलब्धि विषयमा तालिम प्रदान गर्नुभएको हो भने सागर सुवेदीले अनलाइन पत्रकारिता सम्बन्धी तालिम प्रदान गर्नुभएको हो। कार्यक्रममा संगठनमा आबद्ध उपाध्यक्ष विशाल परियारलाई कम्प्युटर अपरेटरमा नाम निकाल्न सफल भएकोमा बधाई तथा सम्मान व्यक्त गरिएको हो।

त्यस्तै कार्यक्रममा प्रेस सेन्टर नेपाल दाङ जिल्लाको काेषाध्यक्ष दीपक ओली लाइन्स क्लब अफ क्यापिटलका संस्थापक अध्यक्ष हिमाल डाँगी रिपोर्ट क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले शुभकामना लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो।

सेन्टरका उपाध्यक्ष विशाल परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सेन्टरकी सचिव रिता केसीले गर्नुभएको हो।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत