बैशाख १३ गते तुलसीपुरमा लाइन्स क्लब डिष्ट्रिक ३२५N को महाधिवेशन हुने ।।

तुलसीपुर, ७ बैशाख ।

दाङको तुलसीपुरमा बैशाख १३ गते लाइन्स क्लब डिष्ट्रिक ३२५N को महाधिवेशन आयोजना हुने भएको छ। आइतबार रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिइएको हो।

डिष्ट्रिक गभर्नर विनोद कुमार श्रेष्ठका अनुसार, महाधिवेशनको शुभारम्भ अरनिकाे मैदानमा ७ बजे र्-याली सुरू हुनेछ भने ८ बजे भित्रै तुलसीपुरको ड्रिम्स पार्टी प्यालेसमा कार्यक्रम सञ्चालन हुनेछ।

प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उद्घाटन गर्ने तय गरिएको छ।

डिष्ट्रिक ३२५N अन्तर्गतका १२५ वटा क्लबका प्रतिनिधिहरू उक्त कन्भेन्सनमा सहभागी हुनेछन्। हरेक क्लबबाट अधिकतम ६ जना प्रतिनिधि चयन हुने व्यवस्था छ। कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप आयोजना गरिने बताइएको छ। सहभागीहरूका लागि सन्देशमूलक कक्षाहरू पनि सञ्चालन गरिनेछ।

गभर्नर श्रेष्ठले लाइन्स क्लबले विभिन्न विपद् र आपतकालीन अवस्थामा समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। भूकम्प पीडितका लागि राहत, विद्यालयमा नास्ता कार्यक्रम, अस्पताल भवन निर्माण तथा उपकरण खरिदमा क्लबको सक्रियता रहँदै आएको उहाँले स्मरण गराउनुभयो।

पत्रकार सम्मेलनमा क्याबिनेट सेक्रेटरी लाइन्स टिकाजङ, क्याबिनेट ट्रेजरर धनेश्वर आचार्य, डिष्ट्रिक एक्जुकेटिभ बिमल रिजाल, लाइन्स क्लब दाङका अध्यक्ष गोरख ओली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीलगायतको उपस्थिति थियो।

कार्यक्रम रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष सन्तोष केसीले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।