बैशाख १३ गते तुलसीपुरमा लाइन्स क्लब डिष्ट्रिक ३२५N को महाधिवेशन हुने ।।

तुलसीपुर, ७ बैशाख ।

दाङको तुलसीपुरमा बैशाख १३ गते लाइन्स क्लब डिष्ट्रिक ३२५N को महाधिवेशन आयोजना हुने भएको छ। आइतबार रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिइएको हो।

डिष्ट्रिक गभर्नर विनोद कुमार श्रेष्ठका अनुसार, महाधिवेशनको शुभारम्भ अरनिकाे मैदानमा ७ बजे र्-याली सुरू हुनेछ भने ८ बजे भित्रै तुलसीपुरको ड्रिम्स पार्टी प्यालेसमा कार्यक्रम सञ्चालन हुनेछ।

प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले उद्घाटन गर्ने तय गरिएको छ।

डिष्ट्रिक ३२५N अन्तर्गतका १२५ वटा क्लबका प्रतिनिधिहरू उक्त कन्भेन्सनमा सहभागी हुनेछन्। हरेक क्लबबाट अधिकतम ६ जना प्रतिनिधि चयन हुने व्यवस्था छ। कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप आयोजना गरिने बताइएको छ। सहभागीहरूका लागि सन्देशमूलक कक्षाहरू पनि सञ्चालन गरिनेछ।

गभर्नर श्रेष्ठले लाइन्स क्लबले विभिन्न विपद् र आपतकालीन अवस्थामा समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। भूकम्प पीडितका लागि राहत, विद्यालयमा नास्ता कार्यक्रम, अस्पताल भवन निर्माण तथा उपकरण खरिदमा क्लबको सक्रियता रहँदै आएको उहाँले स्मरण गराउनुभयो।

पत्रकार सम्मेलनमा क्याबिनेट सेक्रेटरी लाइन्स टिकाजङ, क्याबिनेट ट्रेजरर धनेश्वर आचार्य, डिष्ट्रिक एक्जुकेटिभ बिमल रिजाल, लाइन्स क्लब दाङका अध्यक्ष गोरख ओली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीलगायतको उपस्थिति थियो।

कार्यक्रम रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका अध्यक्ष सन्तोष केसीले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 16 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।