नया संस्कारकाे स्थापित गर्न अभिभावक बिहिन , असहाय मानिसहरूकाे साथमा: केबी

दाङ, २२ साउन । नयाँ संस्कारको स्थापित गर्न आफ्नो जन्म दिनको सुअबसर पारेर मानबसेवा आश्रम तुलसीपुरमा रहेका अबिभाबक बिहिन,असहाय नागरिकलाई बिहानको खाजा भोजन गराएर अनुकरणीय कार्य गरेको छन् ।

पछिल्लो समय हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउदै आएका केबीले आफ्नो जन्म दिनको दिन मानव सेवा आश्रममा रहेका ६० जना अभिभावक बिहिन असायक नागरिकलाई आफ्नो केहि खर्च कटाई बिहानको खाजा खुवाएका हुन् ।

शुभकामना व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सचीव तिलक सिले पुँजी पति संस्कार संस्कृति अनुसार ठूला ठूला होटल , महल , रेस्टुरेन्टमा नमनाइँ मानव सेवा आश्रममा आफ्नो जन्मदिन मनाउनुले समाजमा सकारात्मक संदेश छर्न सफल भएको बताएका हुन । सानै उमेरमा क्रान्तिकारी बिचारका साथ सधै परिवर्तनको पछ्यमा उभिदै हरेक क्षेत्रमा आफ्नो विवेक प्रयोग गर्दै आइरहेको र भोलिका दिन हरुमा पनि अझ सशक्त रूपमा समाज र देशका लागी आफ्नो क्षमतामा विकास गर्दै जानुपर्ने भन्दै शुभकामना व्यक्त गरेका हुन ।

यस्तै उनले असायक नागरिकहरुलाई एउटै छाना मुनि राखी अभिभावकको ठुलो भुमरीमा निर्वाह गरेको भन्दै मान सेवा आश्रम परिवारलाई पनि धन्यवाद व्यक्त समेत गरेका थिए ।

लायन्स क्लब अफ क्यापिटल दाङका निवर्तमान अध्यक्ष दिपक केसीले सानै उमेरमा समाजलाई बुझन सक्ने हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउन सफल एक युवाले आफ्नो खर्च कटाई ठूला ठूला महलमा नगई मानव सेवा आश्रममा सहयोग गर्नु अथवा आफ्नो जन्मदिन मनाउनुले समाजमा सँगसँगै युवा वर्गमा सकारात्मक सन्देश छर्न सफल भएको भन्दै भोलिका दिनहरूमा पनि यस्ता कार्य निरन्तर गरिरहने साहस मिलिरहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

यस्तै संचारकर्मी एच.आर मगरले सहयोगी भावना भएको अझ त सामाजिक कार्यमा अग्रसर युवाले आज आफ्नो केहि खर्च कटाई अभिभावक बिहिन असायक नागरिकको एक छाकको सहारा बन्नु पनि हजारौं वर्ष तपस्या गरेको भन्दा महान कार्य भएको बताएका थिए । यस्तै उनले जुन समयमा पनि जहाँनिर नागरिकलाई आवश्यक पर्छ त्यहाँनिर आफ्नो निस्वार्थ भावनाका साथ खुल्ला दिलले गर्ने त्यो मानवीय सहयोग भोलिका दिनमा अझ सशक्त रुपमा चलिरहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत